आफ्नै अभिनयमा प्रचण्डकी नातिनीको नयाँ गीत (हेर्नुहोस् भिडियो)

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहालको सुमधुर आवाजमा नयाँ गीत मायाँले मलाई बोलायो सार्वजनिक भएको छ । 

राजन राज शिवाकोटीको शब्द तथा संगीतमा रहेको यस गीतमा गायिका दाहाल आफैंले अभिनय गरेकी छन् । 


Advertisement

अभिनयमा उनलाई सलोन बस्नेतले साथ दिएका छन् ।

यस गीतमा संगीत संयोजन दिक्षित पौडेलले गरेका छन् भने गीत मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । 


Advertisement

गीतको भिडियोमा अन्य कलाकारहरूले पनि अभिनय गरेका छन् । जसमा अतिथि कलाकारका रुपमा सुमिन गुरुङ, प्रकाश घिमिरे र गौतम धिमाल रहेका छन् भने बाल कलाकारमा सलिन राना र अल्पा शाह ठकुरी रहेका छन् । 

भिडियो कन्सेप्ट तथा निर्देशन शिशिर खातीले गरेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्