×

NMB BANK
NIC ASIA

सार्वजनिक सवारी साधनमा अब चालक, सहचालक र यात्रुलाई 'फेस शिल्ड' अनिवार्य

कात्तिक ३, २०७७

NTC
Premier Steels

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस शिल्ड) को प्रयोग अनिवार्य गरेको छ ।

Muktinath Bank

विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् ।

Vianet communication

सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताए ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन् ।

सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो । सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा भुसालले बताए ।

उनले भने, “मापदण्डको पालना भए÷नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x