×

NMB BANK
NIC ASIA

शव व्यवस्थापनमा ‘रोबो भ्यान’

कात्तिक ६, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् ।

Muktinath Bank

रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

नेपालमा नै पहिलो पटक निर्माण शुरू गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने बताइएको छ । रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले जानकारी दिए ।

Vianet communication

उनले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिएको बताए । ‘रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्छ,’ श्रेष्ठले थपे।

विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको एक समूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अगाडि बढाएका हुन् । अभियान्त्रिक कर्मशाला परियोजनाको नेतृत्व तथा रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यानले मृत शरीरलाई अस्पतालको शैय्याबाट शव वाहन र शव वाहनबाट घाटसम्म स्थानान्तरण गर्न सहयोग गर्ने बताए।

‘‘विभिन्न भाइरसका कारण मानिसलाई छुनै नहुने अवस्था आएकाले उक्त भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि खट्ने व्यक्तिहरू सङ्क्रमित हुने डर भएकाले शव व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास ग¥यौँ,’’ कार्कीले थपे।

कार्कीले एउटा शव व्यवस्थापन गर्न १० भन्दा बढी जनशक्ति लाग्ने र शव व्यवस्थापन गर्ने व्यक्तिसमेत सङ्क्रमित हुने अवस्था हुन्थ्यो तर रोबो भ्यान निर्माणपछि एक व्यक्तिले नै सबै काम गर्न सक्ने बताए । रोबो भ्यान दुई भागको रहेको छ ।

रिमोट कन्ट्रोलका माध्यमबाट एउटा भागले मृत शरीरलाई उचालेर रोबो भ्यानमा राख्ने र अर्को भागले मृत शरीरलाई रोबो भ्यानबाट शव वहानमा राख्न सहयोग गर्छ । करिब तीन महिनाअघिबाट शुरू गरिएको रोबो भ्यान बनाउने कामको एउटा भागको करिब ९० प्रतिशत काम सकिएको छ । डमी मृत शरीर राखेर रोबोको परीक्षणसमेत गरिसकिएको छ । रोबो भ्यानको सम्पूर्ण काम तिहारअघि सकिने एसोसियट डीन डा. श्रेष्ठले बताए ।

रोबो भ्यान बनाउन कार्कीको नेतृत्वमा सञ्जीव पोख्रेल, शैलेश भट्ट, आर्जन आचार्य, विशाल भेटवाल र सुदीप फुयाँल सक्रिय थिए ।

विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले र प्रोफेसर डा. रमेश माकजुले आइपर्ने समस्याको समाधानमा लागेका छन् । कोरोना भाइरसका कारण भएको बन्दाबन्दी तथा बजारमा आवश्यक सामग्रीको अभावका कारण काममा ढिलाइ भएको एसोसियट डीन श्रेष्ठले बताए ।  गोरखापत्र दैनिकमा केदार तिमल्सिनाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x