कोरोनाले ५ महिने शिशुसहित २ जनाको मृत्युु

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिनाको शिशुसहित २ जनाको ज्यान गएको छ ।

मोरङ, सुन्दर हरैंचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रवार राति मृत्यु भएको हो । 


Advertisement

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रवार नै संक्रमण पुष्टि भएको थियो । ५ महिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो ।

शुक्रवार अपराह्न धरान–११ की ५२ वर्षीया १ महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोग भएको बताइएको छ । उनलाई कात्तिक  ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्