कति पुगे ब‌गलादेशमा कोभिड-१९ संक्रमित ? यस्तो छ तथ्यांक

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बङ्गलादेशमा आइतबारसम्म  तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ ।


Advertisement

 बङ्गलादेशमा सक्रीय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्