×

NMB BANK
NIC ASIA

रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

कात्तिक ११, २०७७

NTC
Premier Steels

उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्कीसमर्थित लडाकूहरूको मृत्यु भएको छ । 

Muktinath Bank

आक्रमणमा कैयौं लडाकू घाइते भएका छन् । हवाई आक्रमणपछि उक्त क्षेत्रमा हिंसा बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षणस्थललाई आक्रमणको तारो बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

यस आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम जोखिममा परेको छ । 

Vianet communication

सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले परस्पर विरोधी पक्षलाई समर्थन गरिरहेका छन् । 

बेलायतमा रहेको मानवअधिकारवादी संस्था सिरियन अक्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, आक्रमणमा मर्ने लडाकूको संख्या ७८ सम्म हुन सक्छ । 

कैयौं लडाकूको स्वास्थ्यस्थिति गम्भीर छ र मर्नेको संख्या बढ्न सक्छ । 
 

मार्च महिनामा युद्धविराम गरिएपछिको यो सबभन्दा ठूलो आक्रमण हो । आक्रमण इदलिब शहरको उत्तरपश्चिममा रहेको हारेम क्षेत्रमा गरिएको हो । 

युद्धविरामपछि यस क्षेत्रमा सिरियाली सेनाको आक्रमण रोकिएको थियो । त्यहाँबाट १० लाखभन्दा बढी मानिस घर छोडेर गइसकेका छन् । युद्धविरामपछि त्यहाँ पलायन पनि रोकिएको थियो । 

सिरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा कुनै शक्तिले आक्रमण गरेमा त्यसलाई भरपूर जवाफ फर्काउने अधिकार टर्कीसँग रहेको भनी उसले युद्धविरामका बेलामा बताएको थियो । 

सिरियामा विगत नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । विद्रोही र जिहादीहरूको कब्जामा रहेको इदलिब नै सिरियाको अन्तिम प्रान्त हो । अन्य क्षेत्रबाट सरकारी सेनाले विद्रोहीहरूलाई लखेटिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x