×

NMB BANK
NIC ASIA

ओलीसँगको भेटबारे प्रचण्डको ब्रिफिङ– ‘सहमतिबेगर कार्यकारीले एकलौटी बैठक बोलाए फूटको बिन्दु हुनेछ’

कात्तिक २१, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई सविस्तार जानकारी गराएका छन् ।

Muktinath Bank

आफूसँगको भेटमा ओलीले सहमतिबेगर बैठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी गराए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन र सरकारलाई पार्टीको मार्गदर्शनका आधारमा सञ्चालन गर्नका लागि बैठक बसौं भनेर बारम्बार प्रस्ताव राखियो, अर्का अध्यक्ष केपी ओलीले बैठक बस्न सहमति दिनुभएन,’ धुम्बाराही भेलाबारे प्रवक्ता श्रेष्ठले भने, ‘सहमति नदिएको अवस्थामा, कार्यकारीले एक्लै औपचारिक बैठक बोलाएर बसेमा त्यो फूटको बिन्दु हुनेछ भनेर भन्नुभएको कुरा जानकारी गराउनु भयो ।’ 


Advertisment
Nabil box
Kumari

कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले आज सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले दाबी गरे । 

Vianet communication

शुक्रवारको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । 

‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टी एकतालाई जोगाएर लैजान अनौपचारिक बैठक राख्नुभयो । हामी ५ जनाले भोलि अर्का अध्यक्ष ओलीलाई सहमतिका आधारमा बैठक राख्नका लागि आग्रह गर्ने सहमति गरेका छौं,’ श्रेष्ठले भने । 

स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको श्रेष्ठले बताए । 

‘स्थायी कमिटी बैठकका निर्णय कार्यान्यनमा भएको अड्चनका कारण समस्या आएकाले हामीले दुई अध्यक्षलाई बैठक बोलाउन माग गर्‍यौं, प्रचण्डले पनि बैठक बोलाउनका लागि ओलीसँग सहमतिका लागि बारम्बार पहल गर्नुभयो,’ श्रेष्ठले भने, ‘अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग छ,’ श्रेष्ठले भने । 

भेलामा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

प्रचण्डले ओलीसँग समय मिलाएर शनिवार ५ जनाले ओलीलाई भेट्ने निर्णय भएको अर्का एक सदस्यले बताए ।

स्रोतका अनुसार बैठकमा प्रचण्डले आफू एक्लैले बैठक बोलाउन गरेको प्रयास सफल नभएको भन्दै बैठक बोलाउनका लागि सामूहिक रूपमा जान प्रस्ताव गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x