×

NMB BANK
NIC ASIA

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

कात्तिक २२, २०७७

NTC
Premier Steels

पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थालेका छन् ।

Muktinath Bank

बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा संस्थालाई रकम तिर्ने गरी भाडामा सञ्चालन गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मानेदोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरचना निर्माण गरेर थालनी गरेको रेन्बो ट्राउट माछापालन व्यवसाय घाटामा गएपछि जग्गा धनीसमेत रहनुभएका तामाङलाई नै पाल्नका लागि दुई वर्ष अगाडि जिम्मा दिएको हो ।


Advertisment
Nabil box
Kumari

संस्थाले वार्षिक दुई लाख ८० हजार तिर्ने गरी तीन वर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन व्यवसायसँगै होटल खोलेर व्यवसाय सञ्चालन गरेका हुन् ।

Vianet communication

उनको व्यवसाय छोरा बुहारीले सम्हाल्दै आएको उनको भनाइ छ । यसअघि सहकारी संस्थालाई वार्षिक २० हजार तिर्ने गरी भाडामा दिएको जग्गाको माछापालन व्यवसाय आफैँले लिए पनि भाडा भने निरन्तर आइरहेको उनले बताए ।

पहिला सहकारीले कर्मचारी राखेर काम गर्दा घाटा भएको भन्दै आफैले  चलाएको माछापालन व्यवसायले राम्रो फाइदा भएको तामाङले बताए । 'कुनै दिन कम हुन्छ, कुनै दिन मान्छेहरुको भीड नै हुन्छ', उनले भने , 'शनिवार एक लाख बढीको माछा बिक्री हुन्छ ।'

प्रति किलो रु एक हजार ३०० मा पोखरीमा आफैँले माछा मारेर खाना पाइन्छ । व्यवसायीको लागि माछाको भुरा लिन भने कहिले तातोपानी त कहिले मेलम्ची पुगेर ल्याउने गरेको उनले बताए ।

तर यसपटक भने बन्दाबन्दीका कारण माछाको भुरा हाल्न नपाएको उनको गुनासो छ । सो ठाउँमा पहिलाकै ६ वटा पोखरी छ भने पछि वाग्मती प्रदेश सरकारबाट रु ६ लाख अनुदान प्राप्त गरेपछि तीन पोखरी थपेर माछापालन व्यवसाय बढाउँदै लगिरहेको उनले बताए ।

माछाको बिक्रीसँगै होटल पनि राम्रो सञ्चालन भएपछि अहिले खानीखोलामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । सँगै होटल पनि भएपछि धेरैजसो ग्राहकले माछा किनेर त्यही खाने गरेको  होटल सञ्चालक सुरज तामाङ बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x