×

X
Nic Asia
Marvel
Khukuri

तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ

काठमाडाैं | भदौ २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।

DHARA
LAxmi BAnk

विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।


Advertisment
Bizbazar
Saurya island

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

 तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

Vianet communication
IME BANK INNEWS

तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।

एजेन्सी

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

सामुदायिक विद्यालयमा पढेका जनशक्तिहरू पनि देशकै लागि उदाहरणीय काम गर्न सक्छन् भन्ने देखाएका छन् डा. वीरेन्द्रकुमार विष्टले । उनी १ नम्बर प्रदेश क्षेत्रमा ख्यातीप्राप्त न्यूरोलोजीका डाक्टर हुन् । २०१४ सालमा विराटनगर...

असोज १५, २०७९

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कार्यरत डा. लक्ष्मण दुबे वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् । उनी काठमाडौं उपत्यकाबाहिर मुटुरोगसँग सम्बन्धित उपचार क्याथल्याबका अभियान्ताका रूपमा परिचित छन् । मुटुरोग उपचार...

असोज १५, २०७९

जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेंगु संक्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो । &nbs...

असोज १४, २०७९

पर्वतमा दिन प्रतिदिन डेंगु संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ । गत साउनदेखि  बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।   अस्पतालमा कीट अभाव हुँदा डेंगुका लक्षण देखिएका...

असोज १५, २०७९

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोद...

असोज १४, २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ ।  अस्पताल स्तरको पहिल...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x