अभिनेता आसिफ मृत्युबारे नयाँ रहस्य फेला

बलिउडले एक पछि अर्को अभिनेतालाई अकालमै गुमाइरहेको छ । इरफान खान, ऋषी कपुरको अकालमै मृत्यु भयो भने केहि समयअघि सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए ।

बलिउडमा फेरी अर्का चर्चित अभिनेता आसिफ बसराको निधन भएको छ । निधन भएको केहि घण्टामै प्रहरीले उनको मृत्युको कारण पत्ता लगाएको छ ।


Advertisement

भारतिय मिडियाका अनुसार उनले आत्महत्या गरेका छन् । ५३ बर्षिय अभिनेता आसिफले डिप्रेशनको कारण आत्महत्या गरेको भारतिय मिडियाहरुले जनाएका छन् ।
हिमाञ्चल प्रदेशस्थित धर्मशाला मेक्लोडगंजमा मृत अवस्थामा भेटिएका उनको साथबाट प्रहरीले कुनै सुसाइड नोट फेला पारेको छैन ।

तर, भारतिय मिडियाले अभिनेता आसिफ लामो समयदेखि डिप्रेशनसँग लडिरहेका थिए । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Advertisement

हिचकी, वन्स अपन अ टाइम इन मुम्बई, ब्ल्याक फ्राइडे, वो, जब वी मेट, क्रिस ३ जस्ता चलचित्रमा काम गरेका उनको निधनमा बलिउडकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्