बालिका बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।


Advertisement

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन जाँदा बलात्कारमा परेको उनले बताए ।

पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैंचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन् । किटानी जाहेरीका आधारमा २ पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्