शंकर पोखरेलको टिप्पणी– नेतृत्वले विवेक गुमाउँदा पार्टीलाई खुइल्याउने उपक्रम शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी नेतृत्वले स्वास्थ्यको द्वन्द्वमा विवेक गुमाउँदा माथिदेखि तलसम्म नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम शुरु हुने बताएका छन् ।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला शनिवार चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि नाराबाजी भएको थियो ।


Advertisement

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम शुरू हुन्छ’ पोखरेलले आइतवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह बढ्दै जादा नेता कार्यकर्ताले एक आपसमा आरोप प्रत्यारोप र आक्रोश व्यक्त गर्न थालेका छन् ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्