फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मंसिर १०, २०७७
कोरोना महामारी नियन्त्रण प्रयासमा देशभर आर्थिक अनियमितताका समाचार आइरहेको समयमा केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारले पनि कर्मचारी र सेवाग्राहीका लागि बजार मूल्यभन्दा महंगा सामान खरिद गरेको पाइएको छ ।
कोरोना सावधानीका लागि भन्दै प्रत्येक मन्त्रालय र सरकारी निकायले मास्क, स्यानिटाइजर, भाइजर र स्यानिटाइजर स्टान्डजस्ता सामान खरिदमा लाखौं रुपैया खर्च गरेको पाइएको छ ।
लोकान्तर डट्कमले गरेको खोजमा एउटै पर्खालभित्र रहेको सिंहदरवारभित्रकै मन्त्रालयले खरिद गरेका मास्क र स्यानिटाइजरको मूल्यमा ठूलो अन्तर देखिएको छ ।
मन्त्रालयले खरिद गरेका सामानको मूल्य र परिमाणमा अन्तर देखिएको छ ।
एउटा मास्कको ४५० रुपैयाँ
शिक्षा मन्त्रालयले के एन ९५ फिल्टर मास्कप्रति पिस ४ सय ५० रुपैयाँमा खरिद गरेको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा ४ सय ५० रुपैयाँको दरले ९५ पिस मास्क खरिद गरेको देखिन्छ ।
मन्त्रालयले ३ पत्र भएको सर्जिकल मास्क १५ रुपैयाँ र सामान्य मास्क १० रुपैयाँ प्रतिपिस खरिद गरेको छ । मन्त्रालयले नोज पिन भएको मास्क ७ सय रुपैयाँ प्रतिपिस खरिद गरेको देखिन्छ । पटक–पटकका खरिदमा उही मास्क र स्यानिटाइजरको मूल्य फरक पाइएको छ ।
अर्थ मन्त्रालयले २०७६ चैत्र महिनादेखि २०७७ असोजसम्ममा २० हजार १ सय ५० थान सर्जिकल र १ हजार ४ सय ५० थान एन ९५ मास्क खरिद गरेको छ ।
मन्त्रालयले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा १४ सय ५० थान मास्कको ४ लाख ४८ हजार ८ सय २७ रुपैयाँ तिरेको देखिन्छ ।
विभिन्न फर्महरूबाट खरिद गरिएको एन ९५ मास्कको औसत मूल्य ३ सय ९ रुपैयाँ ५३ पैसा पर्छ । स्रोतका अनुसार अर्थले शुरूमा खरिद गरेका मास्कको मूल्य ४ सय रुपैयाँभन्दा बढी छ । मन्त्रालयले खरिद गरेको एकमुष्ट रकम मात्र उल्लेख छ ।
अर्थ मन्त्रालयले २० हजार १ सय ५० थान सर्जिकल मास्कका लागि २ लाख १५ हजार ६ सय ८७ रुपैयाँ तिरेको छ । यसको औसत मूल्य १० रुपैयाँ ७० पैसा परेको देखिन्छ ।
५० मिटरको दूरीमा रहेका शिक्षा र अर्थ मन्त्रालयले खरिद गरेको मास्कको मूल्यमा १ सय ४१ रुपैयाँ अन्तर परेको छ ।
एक लिटर स्यानिटाइजरको मूल्य ३१ सय
मन्त्रालयहरूले कोरोना संक्रमणबाट जोगिन ठूलो परिमाणमा स्यानिटाइजर खरिद गरेको पाइएको छ ।
सिंहदरबारका अधिकांश मन्त्रालयले स्ट्यान्डसहित कार्यालयको गेटमा स्यानिटाइजर राखेका छन् ।
अर्थ मन्त्रालयले चैत्रदेखि असोजसम्म ५ सय ४७ लिटर स्यानिटाइजर खरिद गरेको देखिन्छ ।
मन्त्रालयले औषधि व्यवस्था विभागबाट ४ सय ३२ र विभिन्न फर्मबाट १ सय १५ लिटर स्यानिटाइजर खरिद गरेको लोकान्तरलाई प्राप्त विवरणमा उल्लेख छ ।
निजी फार्मबाट खरिद गरिएको १ सय १५ लिटर स्यानिटाइजरको मूल्य ३ लाख ५७ हजार ६७ रुपैयाँ छ, जसको औसत मूल्य ३ हजार १ सय ४ रुपैयाँ ९३ पैसा परेको देखिन्छ ।
जबकि औषधि व्यवस्था विभागबाट खरिद गरिएको स्यानिटाइजरको मूल्य प्रतिलिटर औसत ६ सय ५२ रुपैयाँ परेको देखिन्छ ।
शिक्षा मन्त्रालयले भने ५ सय एमएलसम्ममा स्यानिटाइजरका बोत्तल किनेको छ । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा डेटोलको २ सय एमएलको बट्टालाई प्रतिदर्जन ३ हजार रुपैयाँको दरले खरिद गरेको उल्लेख छ ।
यस्तै ल्यारी हर्बलको ३ सय एमएलको बट्टालाई प्रतिदर्जनको ३५ सय रुपैयाँमा खरिद गरेको देखिन्छ । हस्पिएड स्यानिटाइजर ५ सय एमएललाई ६ सय रुपैयाँ तथा नेपाल औषधि लिमिटेडको १०० एमएलको बट्टा १ सय ५० रुपैयाँमा खरिद गरेको देखिन्छ ।
शिक्षा मन्त्रालयले श्रावणदेखि कात्तिकसम्म नेपाल औषधि लिमिटेडबाट प्रति ग्यालेन ३ हजार रुपैयाँका दरले ५ लिटर परिमाणका १० ग्यालेन स्यानिटाइजर किनेको छ ।
परराष्ट्रमा झण्डै ५ लाखको मास्क/स्यानिटाइजर
परराष्ट्र मन्त्रालयले २०७६ चैत्रदेखि २०७७ असोजसम्ममा ४ लाख ९८ हजार ७ सय ८७ रुपैयाँ ८८ पैसा बराबरको स्यानिटाइजर, मास्क, स्यानिटाइजर स्ट्याण्ड खरिद गरेको छ ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ जेठ २८ को निर्णयबमोजिम कोभिड– १९ बाट कर्मचारी र सेवाग्राही समेतको सुरक्षाका लागि २०७६ चैतदेखि २०७७ असोजसम्ममा रु ४ लाख ९८ हजार ७८७ रुपैयाँ ८८ पैसा मूल्यको स्यानिटाइजर, मास्क, स्यानिटाइजर स्ट्याण्ड लगायतका सामग्री खरिद गरिएको,’ मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
परराष्ट्रले कुन ब्राण्डको मास्कको कति रुपैयाँमा खरिद गरेको भन्ने विवरण दिन अस्वीकार गरेको छ ।
बजारमा भन्दा सिंहदरबारमा चौगुणा महंगो
कोरोना महामारी शुरू भएसँगै नेपाली बजारमा युरोप, अमेरिकादेखि चाइनासम्ममा मास्क र स्यानिटाइजर किन्न पाइन्छ । सामान्य खालको के एन ९५ मास्क बजारमा ६५ रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा पाइन्छ । तर सिंहदरबारमा भने साढे ४ सय रुपैयाँसम्ममा खरिद गरेको देखिन्छ ।
किन महंगोमा सामान खरिद गरेको भन्ने कुराको जवाफ दिन कोही तयार छैनन् । ‘खरिद किन महंगो पर्यो भनेर त हामीलाई पनि थाहा हुँदैन, यो खरिद गर्ने निकाय र स्टोरलाई नै सोध्नुस्,’ एक मन्त्रालयका सूचना अधिकारीले लोकान्तरसँग भने ।
कोरोना महामारीको समयमा मास्क, स्यानिटाइजर लगायतका सामानमा कमिसनको खेल भएको मन्त्रालयका कर्मचारीहरू गुनासो गर्छन् ।
‘शुरू–शुरूमा कार्यालयमा मास्क बाँडिएको थियो, अहिले हामीले व्यक्तिगत रूपमा किनेर लगाएका छौं,’ मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘खरिद गरिएका मास्क कहाँ जान्छन्, हामीलाई थाहा हुँदैन ।’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...