×

NMB BANK
NIC ASIA

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट शुरू हुँदै, वरिष्ठ उपाध्यक्षमा कसले मार्ला बाजी ?

मंसिर ११, २०७७

NTC
Premier Steels

कोरोना महामारीका बीच निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन बिहीवारदेखि शुरू हुँदैछ । यस महाधिवेशनले महासंघलाई नयाँ नेतृत्व दिने छ । 

Muktinath Bank

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यस महाधिवेशनपश्चात विधानतः अध्यक्ष बन्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महाव्याधीले थलिएको अर्थतन्त्रलाई माथि उठाउनका लागि पनि यस निर्वाचनले अग्रणी भूमिका खेल्ने महासंघका पदाधिकारीहरू बताउँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि २ समूह प्यानल नै बनाएर अगाडि बढेका छन् । 

Vianet communication

कोरोना भाइरसका कारण करिब ७ महिना पर धकेलिएको महासंघको चुनावमा यतिखेर सबैको ध्यान खिचिएको छ । 

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको छ ।

महासंघको सचिवालयका अनुसार, बन्द सत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन ।

निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । 

सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

अन्तिम समयसम्ममा पनि भएन सहमति 
महासंघको निर्वाचनमा सकेसम्म सहमतिमा नेतृत्व चुन्ने अभ्यास भएको थियो । कोरोना महामारीलाई मध्यनजर गर्दै सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा महासंघका पूर्वअध्यक्षहरूले जोड दिएका थिए । पूर्व अध्यक्षहरूमध्येबाट रविभक्त श्रेष्ठले २ पक्षलाई नै सहमतिका लागि जोड दिँदै  आएका थिए । यद्यपी अन्तिम समयसम्ममा पनि सहमति भने जुट्न सकेन । ‘दुवै पक्षले एकले अर्कोलाई कमजोर देखे, त्यसकारण सहमति हुन सकेन,’महासंघका एक पदाधिकारले लोकान्तरसँग भने । 

कोको छन् उम्मेदवार ? 
महासंघको निर्वाचनका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच भिडन्त । 

ढकालको प्यानलमा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन । 

यस्तै प्रधानको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्दैछन् । 

महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत भोटिङ अधिकार हुन्छ ।

जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्यक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुनेछन् । यस्तै महासंघमा जिल्ला र नगरमा १ सय ६, वस्तुगतमा १०१ र एसोसिएटमा ८ सय जना मतदाता छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x