×

NMB BANK
NIC ASIA

भारतीय विदेश सचिवसँग नयाँ नक्साबारे कुराकानी हुने

मंसिर ११, २०७७

NTC
Premier Steels

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ ।

Muktinath Bank

विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको छ । ‘परराष्ट्र सचिव भरतराज पौड्यालले द्विदेशीय सीमावर्ती मामिलासहित प्रबुद्ध समूह (ईपीजी) को अड्किएको रिपोर्ट, ट्रान्समिसन लाइन, आर्थिक सहयोग एवं व्यापार, ऊर्जालगायतका विषयमा कुराकानी गर्ने प्रारम्भिक एजेन्डा तय भएको छ,’ परराष्ट्र मन्त्रालयमा भारत शाखासम्बद्ध एक अधिकारीले कान्तिपुरसँग भने, ‘भारतका नवनियुक्त विदेश सचिव श्रृंगलाको नेपालमा पहिलो शिष्टाचार भ्रमण भए पनि द्विदेशीय सम्बन्धको जटिलता र सामयिक परिस्थिति हेरेर नेपालले बहुपक्षीय एजेन्डा प्रस्तुत गर्ने भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार बिहीबार दिउँसो याक एन्ड यती होटलमा सुरु हुने भनिएको द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दै छन् । ‘काठमाडौंसँग दिल्लीले सम्बन्ध सुधार्न खोजेको छनक देखिन्छ तर प्रचार गरिएजस्तै सहज स्थिति भने छैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘द्विदेशीय सम्बन्ध सुधारमा प्राथमिकता र निरन्तरता जरुरी देखिन्छ । सन् १९८७ मा गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रले नियमित र अर्थपूर्ण रूपमा काम गर्न सकेको भए अहिलेको असहज स्थिति आउने थिएन । सीमा समस्या र राजनीतिक नक्सांकनबारे कुराकानी गर्ने भनेर परराष्ट्र सचिवको तहमा ‘म्यान्डेट’ दिइएको छ कि छैन, यो भने वार्तापछि स्पष्ट हुनेछ ।’


Advertisment
Nabil box
Kumari

झन्डै एक वर्ष लामो कूटनीतिक र राजनीतिक संवादहीनतापछि ‘पोजिटिभ नोट’ का रूपमा देखापरेको भारतीय विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई नेपालले कसरी उपयोग गर्न सक्छ भन्नेमा उपलब्धि आकलन गर्न सकिने पूर्वराजदूत उपाध्यायको बुझाइ छ । ‘कूटनीतिक कौशल र चातुर्य महत्त्वपूर्ण कुरा हो, यसपटक हामीले कति देखाउन सक्छौं भन्ने सोच महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यसअघि परराष्ट्रको प्रोटोकलअनुसार सीमा विवादको कुरा दुवै राष्ट्रले परराष्ट्र सचिवको तहमा कुरा गर्ने भन्ने छँदै थियो तर भारतको एकपक्षीय अर्घेल्याइँले गर्दा कुराकानी हुन नसकेको हो । यसमा भारतले सहजीकरणको भूमिका निर्वाह गर्नैपर्ने हुन्छ ।’

Vianet communication

सीमा विवाद र नयाँ राजनीतिक नक्साका विषयमा अभूतपूर्व राजनीतिक एकता देखिएअनुरूप सरकारले राष्ट्रिय सोच र दृष्टिकोण बनाउनुपर्ने उल्लेख गर्दै उपाध्यायले ‘सत्तारूढ राजनीतिक दलभित्रकै किचलोका कारण पनि एकताबद्ध राष्ट्रिय सोचमा कमजोरी देखिएको’ बारे सोचमग्न बन्नैपर्ने बताए । ‘भारतले लिएको नेपाल–नीति कहिल्यै पनि सहज होइन तर हाम्रो कूटनीतिक चातुर्य र बुद्धिमत्ताले काम देखाउनुपर्ने स्थिति छ,’ पूर्वराजदूत उपाध्यायले भने, ‘यसका लागि विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण हाम्रालागि एउटा अवसर हो, यसको भरमग्दुर उपयोग गर्नैपर्छ ।’

विदेश सचिव श्रृंगलाले यसअघि गत भदौ पहिलो साता बंगलादेश भ्रमणमा गएका बेला कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राथमिकतासाथ उपलब्ध गराइने घोषणा गरेझैं नेपाललाई पनि उपलब्धता र सहजताका साथ कोभिडविरुद्धको भ्याक्सिन भारतले उपलब्ध गराउने घोषणा गर्ने भएका छन् । यसबारेमा काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । विदेश सचिव श्रृंगला शुक्रबार अपराह्न १ बजे दिल्ली फर्कनेछन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x