भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाडौं पुगेका छन् ।
नेपाल–भारतबीच सीमा लगायत विवाद रहेका बेला सम्बन्ध सुधारका लागि भन्दै विदेश सचिव श्रृंगला २ दिने नेपाल भ्रमणमा आएका हुन् ।
शृंगला काठमाडौं आइपुगेका र नेपालमा रहँदा सरकारका पदाधिकारी, मन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल हुने जनाइएको छ । शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् ।
लोकान्तर संवाददाता