नेपालमा कोरोनाभाइरस (कोभिड- १९) बाट थप २५ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको कुल संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।
१७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने २ लाख १२ हजार ५ सय ९० जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४ जना निको भएको मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता