सचिवालयमा ओलीको सम्बोधनको पूर्णपाठ : को कति लोकप्रिय चुनावमा जाँचौं‌ला, महाधिवेशनमा हेरौंला !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको मंगलवार बसेको बैठकमा शीर्ष नेताहरूबीच चर्काचर्की पर्‍यो ।

विशेषगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आरोप प्रत्यारोपको श्रृंखला बुधवारको बैठकमा पनि जारी रह्यो ।


Advertisement

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव छलफलका लागि योग्य नभएको जिकिर गरे ।

'सोची सम्झिकन मेराविरुद्ध लाञ्छना लगाएर मलाई राजनीतिक रूपले बदनाम गर्ने र सिध्याउने उद्देश्यका साथ लिखत आएको रहेछ । त्यो कमिटीमा छलफलमा आएको छैन र छलफलमा आउन लायक पनि छैन । त्यसलाई कमिटीको कुनै राजनीतिक प्रस्ताव वा प्रस्तावको रूपमा स्वीकार गर्न सकिन्न, त्यसमा बहस गर्न वा छलफल गर्न सकिँदैन र मिल्दैन,' ओलीले भने ।


Advertisement

ओलीले को कति लोकप्रिय छ भन्ने कुराको जाँच आगामी चुनावमा हुने पनि बताए ।

ओलीले भने–

कमरेडहरूले त्यागको कुरा गर्नुभएको छ, त्याग क-कसले गर्नुपर्ने हो ? म एकपटक अध्यक्ष भएको छु, निर्वाचनको माध्यमबाट निर्वाचित हिसाबले नै अध्यक्ष भएको हुँ । निर्वाचित अध्यक्षकै हैसियतामा एकता प्रक्रिया अगाडि बढाएको हुँ र दुई अध्यक्षको प्रबन्ध गरेर एक अध्यक्ष भएको हुँ । अरू दाबी गर्ने साथीहरू त कमसेकम १३/१४ वर्ष, १५/१६ वर्ष र ३२/३३ वर्ष पार्टी प्रमुख भएर चलाउनुभएको होला ! उहाँहरूले त्याग गर्नु नपर्ने ? लोकप्रियताको पनि बहुतै कुरा चल्यो । ठीकै छ, भोलि चुनावहरू पनि आउँछन् । जनता र कार्यकर्ताले जाँचून हाम्रो लोकप्रियता के भएको छ र ? हेरौं । जाँचौंला । महाधिवेशनहरू, अधिवेशनहरू हुन्छन्, जाँचौंला । ठीक छ नि, बीचमा किन हतार गर्ने र ? 

ओलीले मंगलवारको बैठकमा के भने?पढ्नुहोस् सम्बोधनको पूर्णपाठ:

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्