×

NMB BANK
NIC ASIA

ओली नआएपछि सचिवालय बैठक सर्‍यो, मंसिर २० गते अनिवार्य उपस्थित हुन आग्रह

मंसिर १७, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि बुधवारका लागि तय भएको नेकपा सचिवालय बैठक औपचारिकतामा प्रवेश नगरी स्थगित भएको छ ।

Muktinath Bank

ओलीको उपस्थिति विना नै सचिवालय बैठक केहीबेर बसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीमा देखापरेका संकट समाधानको लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नुपर्ने भएकाले मंसिर २० गतेसम्मको लागि सचिवालय बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘आज बसेको सचिवालय बैठकमा अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखापरेको संकट समाधानको लागि ओली समेतको उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निर्णय भयो,’ श्रेष्ठले भने, ‘सचिवालयको अर्को बैठक २० गते १ बजे बस्नेछ ।’

Vianet communication

मंसिर २० गतेको बैठकमा पनि ओली नआए के हुन्छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जवाफ दिएनन् । मंगलवार शुरू भएको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भनिएको बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका सबै नेताहरू बालुवाटार पुगेका थिए । 

सचिवालय प्रभावित भएपछि बिहीवारका लागि तय भएको स्थायी कमिटी बैठक मंसिर २१ गते बस्ने गरी तय भएको प्रवक्ता श्रेष्ठले बताए । मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकबारे भने बिहीवार कुनै निर्णय भएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x