×

NMB BANK
NIC ASIA

महिलाको आत्मरक्षाका लागि स्मार्ट चक्कु, जसले आपतमा प्रहरी र आफन्तलाई खबर गर्नेछ

मंसिर १८, २०७७

NTC
Premier Steels

पछिल्लो समय महिला हिंसाका घटना विश्वभरी नै बढीरहेका छन् । कुनै पनि स्थानमा महिलाले एक्लै सुरक्षाको महशुस गर्ने अवस्था छैन । त्यसैले सुरक्षाका लागि विभिन्न कम्पनीले नयाँ नयाँ वस्तु उत्पादनमा पनि जोड दिँदै आएका छन् । भारतमा एक यस्तै हतियार बनाइएको छ । जसले आपतमा पर्दा महिलाको सुरक्षा मात्रै होइन, आफन्त र प्रहरीलाई खबर गर्न पनि मद्दत गर्नेछ । 

Muktinath Bank

महिलासँग अनावश्यक जिस्किने तथा हिंसात्मक गतिविधि गर्ने घटनालाई मध्यनजर गर्दै भारतको वारणासीको अशोका इन्स्टिट्यट अफ कम्प्युटर साइन्सका २ छात्राले एक स्मार्ट चक्कु बनाएका छन् । यो चक्कु केवल समयमा तपाइँको सुरक्षा मात्र गर्ने होइन, आफन्तलाई फोन गरेर सचेत हुन पनि मद्दत गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो चक्कु शालिनी र दीक्षा नामका दुई छात्राले बनाएका हुन् । उनीहरूले यो चक्कु सामान्य चक्कुजस्तो नभएको बताएका छन् । यसमा एक सिमकार्ड प्रयोग हुन्छ । जसले आपतमा रहेकी महिलालाई अपराधीबाट आत्मरक्षा गर्न सहयोग गर्नेछ ।


Advertisment
Nabil box
Kumari

जब आपत पर्दा महिलाले चक्कु निकाल्छिन्, यहाँ फिट गरिएको तीन नम्बरमा लोकेसनका साथै फोन जाने गर्दछ । यो डिभाइस रेडियो फ्रिक्वेन्सीमार्फत मोबाइलमा सम्पर्क गर्नेछ । चक्कुमा लगाइको बटनमार्फत मोबाइलमा फोन जान्छ र महिला रहेको लोकेसन पनि मोबाइलमा जाने गर्दछ ।

Vianet communication

प्रहरी र आफन्त आउँदासम्म महिलाले चक्कुको सहायताले आफ्नो आत्मरक्षा गर्नसक्ने उनीहरूले बताएका छन् । स्टीलबाट बनेको यो चक्कुको तौल करिब ६० ग्राम रहेको बताइएको छ । यो बनाउन करिब २ महिनाको समय लागेको थियो र यसमा १५०० रुपैयाँ खर्च लोको बताइएको छ ।

छात्राले आफ्नो विभागका प्रमुख श्याम चौरसियाको निर्देशनमा स्मार्ट चक्कु बनाएका हुन् । उनीहरूले महिलाको सुरक्षासँग जोडिएका वस्तु निर्माणमा अहिले आफूहरू लागिपरेको बताएका छन् । चक्कु आत्मरक्षाका लागि खास हतियार भएको उनीहरूको दाबी छ । 

इन्स्टिट्युटका इन्चार्ज चौरसियाले स्मार्ट चक्कुको माध्यमबाट अपराधीलाई तर्साउन मात्र नभइ आसपासमा रहेका मानिसहरूलाई प्रहरी बोलाउन आकर्षित गर्ने पनि बताएका छन् ।

उनले भनेका छन्, यसमा ठूलो आकारको ज्वेलरीभित्र चक्कु फिट गरिएको छ । जसले मानिसको ध्यान आकर्षित गर्नेछ । महिलाको सुरक्षाका लागि ब्लुटुथमा जोडिएको छ । जसले लोकेसनका साथ आपतमा फसेका महिलाको रक्षा गर्न मद्दत गर्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x