×

NMB BANK
NIC ASIA

घटेकै हो कोरोना संक्रमण दर ?

मंसिर २०, २०७७

NTC
Premier Steels

मुलुकमा कोभिड–१९ को संक्रमण दरमा पछिल्ला केही दिनयता कमी देखिए पनि वास्तविकता थाहा पाउन अझै कुर्नुपर्ने विज्ञहरूले बताएका छन् । हाल सय जनाले परीक्षण गराउँदा पहिलेको तुलनामा पोजिटिभ रिपोर्ट आउने संख्यामा कमी देखिएको छ । एक सातायता कोभिडको दिनहुँ देखिने औसत संक्रमण दर १५.५२ प्रतिशत देखिएको छ ।

Muktinath Bank

विज्ञहरूले कोभिड संक्रमण दर कम देखिनुको कारण विदेश जाने, कार्यालय जाने, परीक्षण प्रतिवेदन चाहिने व्यक्तिहरूले मात्र परीक्षण गर्नु र शंकास्पद व्यक्तिहरूले परीक्षण कम गर्नु रहेको बताएका छन् । सरकारी अधिकारीहरूले पनि तथ्यांकअनुसार संक्रमणका दरमा कमी देखिए पनि यकिनसाथ भन्न केही समय कुर्नुपर्ने बताएका छन् । ‘मंसिर लागेपछि मुलुकमा कोभिड संक्रमण दर घटेजस्तो ट्रेन्ड (प्रवृत्ति) देखिएको छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘तर यसबारे स्पष्ट रूपमा भन्न अझ केही पर्खनुपर्ला, न्यूनतम दुई साता त हेर्नैपर्ला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय पीसीआर परीक्षण १० हजारभन्दा मुनि छ, जसका कारण संक्रमण प्रतिशतमा कमी देखिएको विज्ञहरूको भनाइ छ । ‘हाल शंकास्पद व्यक्तिले परीक्षण गराउनै छोडे, यसैले संक्रमणका दरमा कमी देखिएको हो, साधारण लक्षण भएकाले त परीक्षण नै गराउँदैनन्,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘परीक्षण गराउनेमा विदेश जाने, अफिस जाने वा कोभिड नभएको रिपोर्ट चाहिनेहरूको संख्या बढी छ । जसले संक्रमणको दर कम देखिएको हो ।’


Advertisment
Nabil box
Kumari

डा. बीसीका अनुसार तथ्यांकमा कोभिड परीक्षण गराउनेहरूमा पोजिटिभ देखिने दरमा कमी आए पनि समाजमा रहेका वास्तविक कोभिड पोजिटिभहरूको संख्यामा कमी आएको छैन । उनी संक्रमणको दरमा कमी आउनुलाई अस्वाभाविक मान्छन् । संक्रमणको दर ८ प्रतिशतभन्दा तल झरे नियन्त्रणतर्फ गएको मान्न सकिने जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘हाल नेपालीको गतिविधि अत्यन्त बढेकाले वास्तविक संक्रमण दरमा थप विस्तार भएको हुनुपर्छ ।’

Vianet communication

सातायता संक्रमण दर सरदर १५–१६ प्रतिशतमा झरेको जनाउँदै डा. पाण्डे भन्छन्, ‘तर मृत्युदर बढेको छ । सरदर दिनहुँ १५–१६ जनाको मृत्यु भइरहेको छ ।’ उनका अनुसार संक्रमण दरमा कमीसँगै मृत्युदरमा समेत कमी भएमा मात्र तत्कालका लागि स्थिति सहज हुँदै गएको भन्न सकिन्छ । ‘संक्रमण दर घट्दै गएको भन्न गहिराइमा गएर हाल कस्ता व्यक्तिले कोभिड परीक्षण गराइरहेका छन्, त्यो पनि राम्ररी हेर्नुपर्छ,’ उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङ वा संक्रमितको सम्पर्कको मान्छेले परीक्षण गराएको भए संक्रमण दर बढ्ने थियो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x