पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २ हजार २०६ जना संक्रमित निको भएका छन् । शनिवारको विवरण अनुसार थपिने संक्रमितभन्दा निको हुने दोब्बरभन्दा बढी रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कूल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । जसमध्ये २ लाख २४ हजार ५३ संक्रमित निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।
कोरोनाले थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।
लोकान्तर संवाददाता