×

NMB BANK
NIC ASIA

सवारी चार्जिङ स्टेसन : ११ महिना बित्दा पनि शुरू भएन काम, कहाँ–कहाँ बनाउने छ योजना ?

पुस १३, २०७७

NTC
Premier Steels

मुलुकका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

Muktinath Bank

करीब १ करोड रुपैयाँ लागत अनुमान गरिएको सो योजना अबको केही महिनामा नै सकिने नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अबको साढे १ महिनाभित्रमा काम शुरू हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्ने बताउँदै आएका बेलामा नेपाल विद्युत प्राधिकरणले मुलुकभर ५० ठाउँमा चार्जिङ स्टेसन बनाउने जिम्मा लिएको थियो । 

Vianet communication

प्राधिकरणका अनुसार, अहिले प्राविधिक रिपोर्ट (टेक्निकल बीड इभ्यालुएसन)को काम सकिएको छ । 

प्राविधिक रिपोर्टको काम सकिएसँगै एसियाली विकास बैंक (एडीबी) ले यसको रिभ्यु गर्दैछ । 

प्रवक्ता तिम्सिनाले लोकान्तरसँग भने, ‘हामीले रिपोर्ट पठाइसकेका छौं, एडीबीले १ हप्ताभित्रमा रिभ्यु पठाउनेछ ।’

प्राधिकरणले रिर्पोट मंसिर २८ गते एडीबीलाई सो रिपोर्ट पठाएको थियो । 

‘एडीबीले सहमति दिएसँगै टेन्डर सम्झौता गर्छौं र हामी फिल्डमा जान्छौं,’ तिम्सिनाले भने । 

१३ कम्पनीबीच प्रतिस्पर्धा 

चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले गत वर्ष २०७६ माघ ९ गते टेन्डर आह्वान गरेको थियो । 

प्राधिकरणले मुख्यमुख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, सरकारी निकाय लगायत स्थानमा ५० वटा चार्जिङ स्टेसन बनाउन टेन्डर आह्वान गरेको थियो । 

०७६ फागुन २३ गतेसम्म टेन्डरमा सहभागी हुनुपर्ने गरी आह्वान गरिएको टेन्डरमा विभिन्न मुलुकबाट १३ कम्पनीले इच्छा देखाएका छन् । 

जसमा धेरैजसो कम्पनी चीनका रहेका छन् भने भारत, रसिया, बंगलादेश, स्विट्जरल्याण्ड लगायतका मुलुकका कम्पनीले इच्छा देखाएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले टेन्डर मूल्यांकनका लागि बढीमा तीन महिना राख्ने र एक वर्षभित्रमा चार्जिङ स्टेसन बनाइसक्ने लक्ष्य राखेको थियो ।

यद्यपि टेन्डर खुलेको मितिले ११ महिनासम्म पनि काम अगाडि बढ्न सकेको छैन । 

कोरोना महामारीले काम रोकियो !

समयमै काम सक्ने लक्ष्य राखिएपनि विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण काममा बाधा आएको प्राधिकरणले बताएको छ । 

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरू रोकिएसँगै काममा अवरोध आएको प्रवक्ता तिम्सिना बताउँछन् । 

उनले भने, ‘एडीबीले अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म ठेक्का प्रक्रिया नगर्नु भन्ने कुरा भयो । त्यसपछि काम रोकिएको हो ।’

अब अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको अवस्थामा प्रक्रियागत कामहरू एक महिनाभित्रै सकिने र त्यसपछि काम अगाडि बढ्ने उनको भनाइ छ । 

उनका अनुसार अबको ५ देखि ६ महिनाभित्रमा मुलुकका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन खडा हुनेछन् । 

उनले भने, ‘काम धेरै छैन, अबको ५/६ महिनाभित्रैमा काम सकिन्छ भन्नेमा हामी ढुक्क छौं ।’

कसरी हुन्छ स्टेसनको व्यवस्थापन ? 

चार्जिङ स्टेसनमा पेट्रोल पम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु नपर्ने प्राधिकरण बताउँछ । 

प्राधिकरणका अनुसार कति मिनेटसम्म चार्ज गर्ने हो त्यो बराबरको रुपैयाँ काटिन्छ, त्यो पनि विद्युतीय भुक्तानी हुनेछ । 

समय वा पैसा बराबरको चार्ज पूरा भएपछि गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट नै गरिनेछ । 

कहाँ–कहाँ हुन्छ चार्जिङ स्टेसन ? 

नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको विभिन्न ७ ठाउँमा चार्जिङ स्टेसन राखिनेछन् ।

जसअन्तर्गत सिंहदरबार, बबरमहल, प्रदर्शनीमार्ग, बुढानीलकण्ठ, नयाँ बसपार्क, पुरानो बसपार्क लगायतका स्थानमा चार्जिङ स्टेसन हुनेछन् ।

प्रदेश नम्बर १ को ५ ठाउँमा चार्जिङ स्टेसन हुनेछ । जसअन्तर्गत झापा जिल्लाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर, सुनसरीको इटहरीमा चार्जिङ स्टेसन रहनेछन् । 

यस्तै प्रदेश २ को ७ ठाउँमा चार्जिङ स्टेसन रहनेछ । जसअन्तर्गत पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केवर, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराजमा चार्जिङ स्टेसन बनाइनेछ ।

यस्तै बाग्मती प्रदेशअन्तर्गत धादिङको मलेखु, सिन्धुलीको बीपी राजमार्ग, मकवानपुरको हेटौंडा, चितवनको भरतपुर, चितवनको कुरिनटार–मुग्लिन सडक र काभ्रेको बनेपामा चार्जिङ स्टेसन रहनेछ ।

प्राधिकरणका अनुसार, गण्डकी प्रदेशमा ६ ठाउँमा चार्जिङ स्टेसन रहनेछ । 

जसअन्तर्गत नवलपरासी पश्चिमको नवलपुर, तनहुँको दमौली, स्याङ्जाको स्याङ्जा बजार र कास्कीको पोखरामा चार्जिङ स्टेसन रहनेछ । 

यस्तै लुम्बिनी प्रदेशको ८ ठाउँमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन रहनेछ । 

जसअन्तर्गत बाँकेको नेपालगञ्ज, दाङको भालुवाङ, दाङको दाङ बजार, रुपन्देहीको बुटवलका ३ स्थान, पश्चिम नवलपरासीको बर्दघाट/सुनवलमा रहनेछ । 

यस्तै कर्णाली प्रदेशको सुर्खेतमा चार्जिङ स्टेसन रहनेछ । 

यता प्रदेश ७ मा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, डडेल्धुराको डडेल्धुरामा चार्जिङ स्टेसन रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x