×

NIC ASIA

बालकको बीभत्स हत्या

पुस १८, २०७७

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने ? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’
यो घटना हो धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भंैसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह गर्‍यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’


Advertisment
Rupse Holidays
Nabil box

सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने।  धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। ‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

Vianet communication

बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए।  
 सीमा सुरक्षा प्रहरी चौकी दुहबीको टोली, जनप्रतिनिधि र स्थानीयले बुधबार रातभर बालकको खोजी गरेका थिए। अर्को दिन शंकाका आधारमा ब्रह्मदेव राय अमातको घरका पाँच सदस्यलाई बोलाएर अनुसन्धान गर्दा रहस्य बाहिर आएको हो।

ब्रह्मदेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले केही वर्षअघि रामपुकारीबाट १० हजार रुपैयाँ ऋण लिएको स्थानीयले बताएका छन्। तर, कति ऋण लिएको र त्यसलाई लिएर विवाद थियो कि थिएन भनेर प्रहरीले स्पष्ट खुलाएको छैन। प्रमिलादेवीले ‘रुपैयाँ लेनदेनका कारण रिसइबी बनाएको’ देखिएको भने प्रहरीले स्पष्ट पारेको छ।  

‘१० वर्षअघि लिएको पैसा दिन नसकेर हत्या गरेको हुनुपर्छ। यतिका दिनसम्म पनि किन पैसा नदिएको भनेर भन्दा रिसरागले मारेको हुनुपर्छ’, छिमेकी मञ्जुदेवीले भनिन्, ‘लिएको पैसा नतिर्ने र कसैको कोख उजारेर बदला लिएजस्तो भान हुन्छ।’ मृतकका बुवा जीवन वैदेशिक रोजगारीमा छन्।

प्रहरी उपरीक्षक बस्नेत नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ। अभियुक्त प्रमिलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न हुन सक्ने आशंकामा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्र्रहरीले जनाएको छ।  अन्नपूर्ण पोस्टमा गोविन्द महतोले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x