×

NMB BANK
NIC ASIA

नेकपा : देशैभर दुई चिरा

नेकपा विभाजन : गण्डकीमा कसको पल्ला भारी ?

पुस २०, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विभाजन भएको छ, यद्यपि निर्वाचन आयोगबाट विभाजनले वैधानिकता पाउन भने बाँकी छ ।

Muktinath Bank

केन्द्रबाट शुरू भएको विभाजन जिल्ला, स्थानीय तह तथा गाउँ–गाउँमा दुई चिरा बनेर प्रकट भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षधर गरी दुई समूहमा कित्ताकाट भएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला तथा प्रदेश स्तरका केही नेता, कार्यकर्ताहरू स्पष्ट रूपमा खुल्न भने बाँकी रहँदा दुवै पक्षले भने आफ्नो पक्ष बलियो भएको दाबी गर्दछन् । 

Vianet communication

दुवै समूहले आन्तरिक भेला, छलफल, भेटघाटलाई तीव्र पार्दै लगेका छन् । 

आफ्नो पक्षमा आकर्षित गर्न लागिपरेका छन् । 

संसद् पुनःस्थापना हुने वा नहुने भन्ने विषय सर्वोच्चमा विचाराधीन नै छ । 

पार्टी विभाजनको असर गाउँगाउँमा पुगिसकेका बेला गण्डकी प्रदेशमा कसको प्रभाव कस्तो छ ? एकपटक नियालौं ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली पक्षका अत्यन्तै विश्वास पात्र मानिन्छन् ।

विगतमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बनेका गुरुङ पार्टी स्थायी कमिटी सदस्य हुन् ।

उनैलाई पार्टीको प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश सभामा उपस्थिति जनाउने ६० सांसदमध्ये सत्तारुढ नेकपाका मात्रै ४० सांसद छन् । तीमध्ये तत्कालीन एमालेका २८ र माओवादीका १२ सांसद थिए । 

अहिले ओली समूहले २७ सांसद आफ्नो भागमा पारेको छ भने बाँकी प्रचण्ड–माधव पक्षका छन् । नेपाल पक्षका इन्द्रलाल सापकोटा प्रचण्ड–माधव पक्षतिर गएका छन् । उनी बाग्लुङ जिल्लाका पार्टी अध्यक्ष समेत हुन् । 
प्रदेश सभामा पूर्व एमालेको माधव नेपाल पक्षबाट उनी एक मात्र सांसद दिए । 

हाललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राष्ट्रिय जनमोर्चाले पनि सघाउने वचन दिएको छ ।

जनमोर्चाले सघाएका कारण तत्काललाई अविश्वासको प्रस्ताव टरेको छ ।

गण्डकी प्रदेशमा २ जना मन्त्री पूर्व माओवादी निकटका छन् । आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा पूर्व माओवादी हुन् । 

उनीहरू प्रचण्ड–माधव पक्षमै छन् । मुख्यमन्त्रीसहित पर्यटन मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत गरी ४ जना ओली पक्षमा छन् । 

त्यसो त समग्र गण्डकीमा ‘हेभीवेट’ सहित अन्य नेताका कारण प्रचण्ड–माधव पक्षले आफ्नो पल्लाभारी रहेको दाबी गर्छ । 

कास्कीका श्रीनाथ बरालले ओलीको साथ छाडेर हरेक सभा र विरोध जुलुसमा भाग लिने गरेका छन् । त्यस्तै, पूर्व सभासद सीता गिरी ओली समूहमा छिन् । उनी नेपाल पक्षधर मानिन्थिन् ।

नेकपा स्याङ्जाका अध्यक्ष रहेका सूर्यप्रसाद गैरे ‘पारस’ माओवादीमा बादल निकट हुन् । उनी प्रचण्ड–माधव पक्ष साथ छोडेर ओली समूहमा भित्रिएका छन् । 

दुई साताअघि ओली समूहको भेलाले बिस्तार गरेको केन्द्रीय सदस्यमा कास्कीका मात्रै २६ जना छन् ।

पार्टीमा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, पूर्व मन्त्री जगतबहादुर विश्वकर्मा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी ओलीनिकट हुन् । 

यसरी हेर्दा विगतमा पूर्व माओवादीहरू अधिकांश प्रचण्ड–माधव पक्षमै छन् भने पूर्व एमालेमध्ये बहुमत नेता ओलीमा लागेका छन् । पूर्व माओवादीकै नेतामध्ये गण्डकीका हेभीवेट नेतामा पर्दछन्, देव गुरुङ ।
उनी नेकपामा स्थायी कमिटी सदस्य हुन् । अर्का नेता देवेन्द्र पौडेल सुनिल पनि पार्टीका स्थायी कमिटी सदस्य हुन् । 

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रचण्ड-नेपाल खेमामा छन् ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड–नेपाल पक्षमा देव गुरुङ र देवेन्द्र पौडेल तथा ओली पक्षमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ छन् ।

पर्वतका गणेश तिमिल्सिना ओलीनिकट हुन् । त्यसो त उनी हाल राष्ट्रिय सभा अध्यक्ष छन् । विद्यार्थी आन्दोलनबाट उदाएका नेता पदम गिरी पनि ओली निकट हुन् । 

कांग्रेसबाट नेकपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर तुलाचनले ओलीलाई सघाइरहेका छन् । 

स्याङ्जाका नारायण मरासिनी, स्व. रवीन्द्र अधिकारीपत्नी एवं हाल प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले ओलीलाई नै साथ दिएका छन् । भट्टराई विगतमा वामदेव गौतम पक्षधर मानिन्थिन् ।

स्याङ्जाकै पद्मा अर्याल (हाल संघीय मन्त्री), मीनबहादुर गुरुङ पनि ओली निकट छन् । उता, प्रचण्ड–माधव पक्षमा नेकपा गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारीमा छन्, हितराज पाण्डे उत्तम ।

उनी तत्कालीन माओवादीका प्रभावशाली नेता हुन् । 

पूर्व पोलिटब्युरो सदस्य मुस्ताङकी श्रीमाया थकाली नेपाल पक्षकी हुन् । नेपाल पक्षमा कास्कीका तुलबहादुर गुरुङ, शारदाप्रसाद सुवेदी, चूडामणि जंगली, तनहुँका प्रतापलाल श्रेष्ठ, विद्या ढकाल, रेखा बस्याल, गोरखाकी यशोदा सुवेदी गुरुङ, विश्वेश्वर कट्टेल, विकल श्रेष्ठ, नवलपरासीका रवीन्द्र अधिकारी, कृष्ण पौडेल, पर्वतका मोती पौडेल, उदय सुवेदी, भक्त कुँवर, गणेश शर्मा पौडेल प्रचण्ड–माधव पक्षमा लागेका छन् ।

पूर्व माओवादी पक्षबाट प्रतिनिधित्व गर्ने कास्कीका नेता खिमलाल देवकोटा पनि प्रचण्ड–माधव पक्षमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x