×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभामा प्रधानमन्त्री

वक्तव्य निकाल्ने पूर्व प्रधानन्यायाधीशलाई ओलीको प्रश्न– सडकमा ओर्लेर न्यायालयलाई ललकार्ने ?

पुस २६, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्ष न्यायालयमा जागिर खाँदैमा अहिले पनि आफैँ न्यायाधीश भएजस्तो नगर्न प्रतिनिधि सभा विघटनविरुद्ध वक्तव्य निकाल्ने पूर्व प्रधानन्यायाधीशहरूलाई सुझाव दिएका छन् ।

Muktinath Bank

उनले राजनीतिक पक्षधरताका आधारमा सडकमा ओर्लेर पूर्व प्रधानन्यायाधीशहरूले न्यायालयलाई ललकार्ने काम गरेको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेलाई संविधान राम्ररी पढ्न सुझाव समेत दिए ।


Advertisment
Nabil box
Kumari

‘सर्वोच्च अदालतलाई दबाब दिने ढंगले, स्वतन्त्र ढंगले न्यायनिरुपण गर्न बाधा पुर्‍याउने ढंगले काम भइरहेको छ । कुनै अधिवक्ता प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर धम्क्याउँछ । यस्तो अराजकता हुन्छ ?’ ओलीले भने, ‘केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैँ न्यायालयमा छु भनेर कही पूर्व न्यायमूर्तिहरू...., मलाई अचम्म लाग्छ, उहाँहरूको समयमा कस्तो न्याय दिनुभएछ होला ? सडकमा ओर्लेर स्वतन्त्र न्यायालयलाई उहाँहरूले ललकारिरहनुभएको छ । यस्तो हुन्छ, यस्तो हुँदैन भन्ने ? सर्वोच्चमा पुगेकाहरू विनाअनुभव पुग्नुभएको छ ? के पत्रकार सम्मेलन गर्ने र वक्तव्यबाजी गर्नेहरूले मात्र कानून पढेका छन् ?’

Vianet communication

प्रधानमन्त्री ओलीले अदालतलाई दबाब दिने मनसायले काम भएको आरोप लगाए ।

‘स्वतन्त्र न्यायालयलाई दबाब दिने मनसायले काम गर्नुभएको छ, राजनीतिक पक्षधरताको हिसाबले काम गर्नुभएको छ । स्वतन्त्र नागरिक भनिने पक्षधरताका साथ दुरुपयोग गरेर न्यायालयलाई दबाबमा पार्ने काम भएको छ,’ ओलीले भने, ‘न्यायालयले दबाबमा पर्नु हुँदैन । सरकार र नेकपाले अदालतको स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकालाई मान्दछ । अहिलेको संविधानमा यस्ता मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने भनेको छ, त्यसबाट पाइँदैन भनेर बकवास गरेर हिँड्ने ?’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x