सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको  आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

    साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्