आमा बन्ने तयारीमा प्रियंका चोपडा !

बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीको जन्म दिइन् ।

विराट–अनुष्का बा–आमा बनेसँगै अब पालो कसको भन्ने चर्चा शुरू हुन थालेको छ ।


Advertisement

२०१८ मा निक जोनससँग बिहे गरेकी प्रियंका चोपडा अब सन्तान जन्माउने मनसायमा रहेको भारतिय मिडियाहरुले जनाएका छन् ।

भारतीय चर्चित मिडिया आजतकले भनेको छ, ‘एक म्यागजिनलाई प्रियंकाले भनेकी छिन् मलाई बच्चा चाहियो । सम्भव भएसम्म छिट्टै ।’


Advertisement

प्रियंकाका पती निक अमेरिकन गायक हुन् । हिन्दु र क्रिस्चियन धर्मअनुसार बिहे गरेको यो जोडीले सन्तान कहिले जन्माउँछ ? त्यो भने उनीहरुलाई नै थाहा होला । तर, प्रियंकाले पछिल्लो समय यो प्रश्नको सहजै सामना गर्न थालेकाले समेत उनी सन्तान जन्माउने तिब्र चाहनामा रहेको अनुमान गरिएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्