×

NMB BANK
NIC ASIA

संवैधानिक इजलासमा रमण श्रेष्ठ : ‘ओलीको जवाफमा विघटनको आधार र कारण स्पष्ट छैन’

पुस २९, २०७७

NTC
Premier Steels

संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दिएको जवाफमा संसद विघटन गर्नुको आधार र कारण स्पष्ट नभएको जनाएका छन् ।

Muktinath Bank

संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले प्रधानमन्त्रीको जवाफमा संवैधानिक अधिकारबारे उल्लेख नभएको दाबी गरे । ‘अन्य प्रसंगमा संसद विघटनका लागि धारा ७६ (१) र (५) उल्लेख छ तर अदालतलाई प्रधानमन्त्रीले दिएको जवाफमा उल्लेख छैन,’ उनले बहसमा भने, ‘धारा ८५ मा संसद विघटन गर्ने अधिकार कहाँ दिएको छ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला निश्चित आधार भए पुनरावलोकन हुनसक्ने भएकाले गम्भीर विषयमा बृहत् पूर्ण इजलासमा बहस हुनुपर्ने माग श्रेष्ठले गरे ।


Advertisment
Nabil box
Kumari

बहसकै क्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले पनि संसद विघटनको रिटलाई बृहत् पूर्ण इजलासमा लैजान माग गरे । ‘पुस ८ गते प्रधानन्यायाधीशको एकल इजलासले संवैधानिक इजलासमा लैजाने आदेश गर्दा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएन,’ उनले भने, ‘संसद विघटनको समग्र विषयमा धारा ७६ र ८५ को मात्रै व्याख्या छैन, बाहिरका अन्य धाराको पनि व्याख्या छ । त्यसकारण यसलाई बृहत् पूर्ण इजलासमा लैजानुपर्छ ।’

Vianet communication

संवैधानिक इजलासको सीमित क्षेत्राधिकार हुने भएकाले संसद विघटनको मुद्दा पूर्ण इजलासले हेर्नुपर्ने उनले माग गरे । ‘बृहत् पूर्ण इजलासले सबै विषय हेर्न सक्छ,’ उनले भने, ‘त्यसकारण संसद विघटनको मुद्दा संवैधानिक इजलासबाट सारेर पूर्ण इजलासमा सुनुवाइ हुनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x