कमलपोखरीको काम तत्काल स्थगन गर्नुपर्ने गगन थापाको निष्कर्ष

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माण कार्य तत्काल स्थगन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत निष्कर्ष सार्वजनिक गर्दै नेता थापाले पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी निर्माण कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।


Advertisement

थापाले लेखेका छन्, ‘कमलपोखरी पुनर्निर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय वासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्ष ! १. कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्व विभाग, स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने । २. यो सुनिश्चित नहुँदासम्म हाल भइरहेको निर्माणको काम तत्काल स्थगन गर्नुपर्ने । यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छौं । ३. आशा छ कामनपाले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्व विभागको चासोलाई सम्बोधन गरेर मात्र अघि बढ्ने छ ।’

कमलपोखरी पुननिर्माणकाे क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पाेर्टस क्लब र...

Posted by Gagan Thapa on Tuesday, January 19, 2021

Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्