×

NMB BANK
NIC ASIA

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

माघ १०, २०७७

NTC
Premier Steels

अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च खर्च भयो । खर्चाभावमा उनको उपचारमा निकै धौधौ भयोे । हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उनको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ । 

Muktinath Bank

केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठुलो खर्च गरेर उपचार गरिए पनि मानवसेवा आश्रमले बचाउन सकेन । अझ कोभिड–१९ सङ्क्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा परेको समस्या त्यहाँका अभियानकर्मीमा तितो यथार्थ बनेर गढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहयोगी हातको कमी भइरहेको वर्तमान सन्दर्भमा औषधोपचारमा समस्या कायमै रहँदा सशस्त्र प्रहरी बल नेपालबाट आएको एउटा सन्देशले आश्रम परिवारमा खुसीको बहार छाएको छ ।


Advertisment
Nabil box
Kumari

आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्ताैला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्छन् । 

Vianet communication

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अबसरमा शुक्रवार बेसहारालाई निशुल्क उपचारको घोषणा गरेका छन् ।

“अबदेखि मानवसेवा आश्रममार्फत खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई  सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशूल्क प्रदान गरिनेछ”, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उनले भने।

यसअघि नै नेपाल सरकारले ‘कोही नेपाली असहाय हुन नपरोस, उपचारबाट वञ्चिन हुन नपरोस’ भनेर आवश्यक काम गर्दै आएको छ ।

मानवसेवा आश्रमसँग सहकार्य गर्दै विसं २०७८ भित्रमा बेसहारा सडक मानवमुक्त देश बनाउने सरकारको योजना रहेको सन्दर्भ कोट्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको सेवा, सुरक्षा, सहयोग र उद्वार गर्ने कार्यअन्तरगत उक्त घोषणा गरिएको स्पष्ट पारे।

दिवसकै अवसरमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका तर्फबाट उहाँले आश्रित व्यक्तिलाई व्ल्याङ्केट, चामल, तेल, गेडागुडीसमेत उपलब्ध गराएका छन् । सशस्त्र प्रहरी अस्पतालमा सबै सेवा प्राप्त नभए पनि उपलब्ध सेवा लिन पाउँदा ठुलो राहत हुने आश्रमको विश्वास छ ।

यहाँ आश्रित मानिस शरीरमा किरा परेको र घाउ गन्हाइरहेको अवस्थामा भेटिएका थिए । किड्नी, कलेजो, मुटुमा गम्भिर समस्या परेकाको पनि उद्धार गरिएको थियो । प्रायःमनोरोगी भएकाको शारीरिक र मानसिक अवस्थामा कमजोर छ । केही गाडीले हानेर असक्त भएका र घाउ बल्झिएर समस्या बढ्दै गएका समेत छन् ।

क्यान्सर रोगले थलिएका पनि बेलाबेलामा भेटिँदै आएका छन् । कतिपय दीर्घरोगी र आजीवन औषधि सेवन गर्नुपर्ने रहेकाले उनीहरुका लागि औषधोपचार महत्वपूर्ण अभिभारा हो भन्नुहुन्छ, आश्रम अध्यक्ष रामजी अधिकारी । औषधिमा केही स्वास्थ्य संस्थाले सहयोग गर्ने गरे पनि पर्याप्त नहुँदा अधिकांश औषधि खरिद गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

अहिले यसरी सडकबाट उद्धार गरिएका झण्डै एक हजार ७०० लाई देशभरीका २२ सेवा केन्द्रमा राखिएको छ । उनीहरुलाई दैनिक कुनै न कुनै औषधि खुवाउनुपर्छ । उपचारमा झण्डै रु २० देखि २५ लाख मासिक खर्च हुने गरेको जनाइएको छ ।

आर्थिक अभावले उनीहरुको पूर्ण शरीर परीक्षण गराउन सकिएको छैन । आश्रमलाई सबैभन्दा समस्या औषधोपचार कै रहेको अभियानकर्मी शुशीला केसी सुनाउँछिन् । 

अन्तिम अवस्थामा पुगेकाको भने लाखौँ खर्च भइसक्दा पनि निको नहुने अवस्था देखिँदै आएको छ । काठमाडौँको आश्रममा मात्रै मासिक झण्डै रु दुई/तीन लाख औषधोपचारमा लाग्ने गरेको जनाइएको छ । पैसाकै अभावमा पूर्ण शरीर परीक्षण गर्न नसकिएको जनाइएको छ ।

सडकमा भेटिएका बेसहारा, असहाय व्यक्ति जो मागेर समेत खान नसक्नेलाई विशेष सङ्कल्प गरेरै विसं २०६९ सालदेखि आश्रमले उद्धार गरेर संरक्षण दिने र परिवारमा मिलाउने काम गर्दै आएको छ । शुरुवाती चरणमा भन्दा केही सकारात्मक देखिए पनि सडकमा आश्रित मानिसप्रति समाजको हेर्ने दृष्टिकोणमा अझै पनि आशातीत परिवर्तन हुन नसकेको अभियानकर्मी बताउँछन् । नारायण ढुङ्गाना​,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x