×

NMB BANK
NIC ASIA

आउँदो निर्वाचनका लागि भक्तपुरका मतदानस्थल परिवर्तन

माघ १२, २०७७

NTC
Premier Steels

मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदानस्थल सहज नभएको र अपुग रहेको निष्कर्ष निस्किएपछि आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन गरिने भएको छ ।

Muktinath Bank

    भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका  एउटा मतदानस्थल परिवर्तन गरिने भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिए । कार्यालयका अनुसार भक्तपुर नगरपालिका साविक वडा नं. ५ कार्यालय भोलाछें र साविक वडा नं. ९ चोछेंस्थित बालबोध शान्ति विद्यालयलाई परिवर्तन गरी ख्वपकलेज कायम गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र साँघुरो भएपछि भक्तपुर नगरपालिकाको साविक वडा नं. ५ र ९ लाई समायोजन गरी मतदातालाई पायक पर्ने गरी भक्तपुर नगरपालिका–६ देकोचास्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गरिने भएको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता भक्तपुर नगरपालिका–२ यालाछेंस्थित शारदा माविको मतदानस्थल साँघुरो भएपछि यसको सट्टा भनपा–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने निर्णय गरिएको बीसीले जानकारी दिए । त्यस्तै भनपा–५ भगवतीस्थानस्थित वरदायणी प्राविको भवन साँघुरो भएपछि सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलको रुपमा कायम गर्ने निर्णय गरिएको उनले बताए।


Advertisment
Nabil box
Kumari

    यता सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित महेन्द्र माविको मतदानस्थललाई परिवर्तन गरी सोही वडाको कटुञ्जे आधारभूत विद्यालयमा कायम गर्ने भएको छ । यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रलाई नयाँ मतदानस्थल कायम गरिने भएको छ । बोडे हेल्थ पोष्टको मतदानस्थल साँघुरो भएपछि त्यसलाई परिवर्तन गर्ने भएको हो । मध्यपुरथिमि नगरपालिका–३ को कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदानस्थल साँघुरो भएपछि कौशल्टार चोकस्थित आदर्श जनप्रेमी कलेजमा मतदानस्थल कायम गरिने भएको छ ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x