अदालतको अवहेलना सम्बन्धी रिटहरू न्यायाधीश शर्माको इजलासमा

अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध परेका रिटहरू न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेका छन् ।

ओलीविरुद्ध परेका २ रिट र पूर्व प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी समेत विरुद्धका २ रिट र दमननाथ ढुंगाना विरुद्धको १ रिट गरी शर्माको इजलासमा बिहीवार ५ रिट परेका छन् ।


Advertisement

अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले ओलीविश्रद्ध छुट्टाछुट्टै रिट दर्ता गराएका थिए । पूर्व प्रधानन्यायाधीशहरू विरुद्ध लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए भने दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेको रिट परेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्