×

NMB BANK
NIC ASIA

किसानलाई आकर्षित गर्दै कागती खेती

माघ २०, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दैै आएकी छन् । अहिले उनले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाएका छन् ।

Muktinath Bank

गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागती खेती शुरू गरेकी उनी यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने योजनामा छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले कृषिमा केही फरक गर्नकै लागि कागतीखेती शुरू गरेकी हुँ,’ दुर्गाले भनिन्, ‘कागती लगाएको करीब १ वर्ष पुग्नै लागेको छ । अर्को वर्षमा उत्पादन शुरू हुनेछ ।’ कृषि जेटीए अध्ययन गरी कृषि व्यवसायमा लागेकी दुर्गाका अन्य परिवारका सदस्य भने जागिरे पेशामा छिन् । 


Advertisment
Nabil box
Kumari

उनले कागती खेतीको शुरूआतसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएकी छन् । ‘उत्पादन र आम्दानी राम्रो छ । मेरो अध्ययनको विषय पनि कृषिसम्बन्धी नै भएको हुँदा अरुको भन्दा राम्रो उत्पादन गर्न सफल भएकी छु,’ दुर्गाले भनिन्, ‘बजारीकरणमा समस्या छ । सरकारले उचित  बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै सफलता हासिल गर्न सकिन्छ ।’
    
टीकापुर नरगपालिका–३ की खेमा विकले १० हजार ५१० रुपैयाँको लगानीमा २ कठ्ठा क्षेत्रफलमा कागती  रोपेकी छन् । ६ हजार ३८२ आयोजनाको अनुदान र अन्य आफ्नो लगानीमा शुरू गरिएको कागतीखेती राम्रो हुँदै गएको खेमा बताउँँछिन् । उनले छाडा चौपायाका कारण कागतीका बोट बचाउन समस्या भएको बताउँदै अहिले कागतीखेतीलाई आफूले परीक्षणको रूपमा लिएको बताइन् ।

Vianet communication

‘मेरो लागि यो नयाँ व्यवसाय हो । यसले उत्पादन कस्तो दिन्छ ? त्यसपछि मात्र थप गर्न सकिने अवस्था छ,’ खेमाले भनिन्, ‘कागतीको बजारीकरणमा समस्या छैन । अहिले पनि प्रतिदाना ५ देखि १० रुपैयाँ तिरेर हामी आफैं पनि प्रयोग गर्दै आएका छौं ।’

लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरका शंकर विष्ट होटल व्यवसाय गर्दै आएका थिए । होटलमा भविष्य नदेखेपछि शंकर कुखुरापालनतर्फ आकर्षित भए । उनले कुखुरापालनसँगै ६ कठ्ठा क्षेत्रफलमा कागती खेतीको शुरूआत समेत गरेका छन् ।

‘अनुदानबाट १९ हजार ८४५ रुपैयाँ अनुदान पाएसँगै कागतीखेती शुरू गरेको हुँ । अहिलेसम्म हेर्दा राम्रै होला जस्तो छ,’ शंकरले भने, ‘त्योसँगै मैले सल्यानबाट समेत कागतीका बिरुवा मगाएर थप गरेको छु ।’

उनले स्थानीय र कडकनाथ कुखुरासँगै बंगुरपालन समेत शुरू गरेका छन् । ४ जनाको परिवारमा शंकर र उनकी पत्नी कृषि क्षेत्रमै लागेका छन् । – झलनाथ खनाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x