×

NMB BANK
NIC ASIA

यसकारण म्यान्मारको सैन्य शासकलाई समर्थन गर्दैछन् चीन र रुस

माघ २३, २०७७

NTC
Premier Steels

संयुक्त राष्ट्रसंघले म्यान्मारमा गरिएको सैन्य कूका विषयमा प्रतिक्रिया दिन खोजिरहेको बेलामा सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले कूको भर्त्सना गर्ने बयानमा रोक लगाएका छन् ।

Muktinath Bank

यी दुई ठूला शक्तिले म्यान्मारलाई प्रतिरक्षा गर्नमा लामो समयदेखिको राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध जिम्मेवार छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुस र चीन म्यान्मारलाई हतियार उपलब्ध गराउने दुई प्रमुख राष्ट्र हुन् । त्यसैले उनीहरू राष्ट्रसंघको कुनै पनि किसिमको सैन्य वा आर्थिक प्रतिबन्धबाट म्यान्मारलाई प्रतिरक्षा गर्नेछन् ।
 


Advertisment
Nabil box
Kumari

म्यान्मारले सन् २०१० देखि २०१९ सम्ममा दुई अर्ब ४० करोड डलरभन्दा बढीको हातहतियार खरिद गरेको स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटको आँकडाले देखाएको छ । 

Vianet communication

चीनले १.३ अर्ब डलर बराबरको, रुसले ८० करोड ७० लाख बराबरको, भारतले १४ करोड ५० लाख बराबरको र दक्षिण कोरियाले नौ करोड डलर बराबरको हतियार म्यान्मारलाई उपलब्ध गराएका छन् । 

चीनले युद्धपोत, कम्ब्याट एयरक्राफ्ट, सशस्त्र ड्रोन, बख्तरबन्द गाडी र हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराएको छ भने रुसले लडाकू विमान र कम्ब्याट हेलिकप्टर बेचेको छ । 

भारतले म्यान्मारलाई सेकेन्ड ह्यान्ड पनडुब्बी उपलब्ध गराएको छ । त्यो म्यान्मारका लागि सबभन्दा ठूलो पनडुब्बी हो । 
 

सैन्यीकरणको कुरा गर्दा म्यान्मारले हालैका वर्षमा सशस्त्र बललाई आधुनिकीकरण गर्न शुरू गरेको छ । उसले कब्म्याट एयरक्राफ्ट लगायतका नयाँ हतियारहरू किनेको छ । 

उसले नयाँ युद्धपोत पनि किनिरहेको छ र आफैं पनि युद्धपोत बनाइरहेको छ । चीनले युद्धपोत निर्माणमा सहायता उपलब्ध गराइरहेको छ । त्यसमा आयातित हतियार, सेन्सर र इन्जिनहरू जडान गरिनेछ । 
 

म्यान्मारले थप सक्षम सशस्त्र बल बनाउन खोजिरहेको छ । त्यो सशस्त्र विद्रोही बलहरूविरुद्ध सक्षम बनिसकेको छ र अन्य राज्यविरुद्ध पनि बलियो बनेको छ । 

आफ्ना छिमेकीहरू चीन, भारत र थाइल्यान्डको तुलनामा म्यान्मारको सेनासँग कम हतियार तथा अत्याधुनिक हतियार प्रणाली पनि कम छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x