×

Dabur
MG

अपराध

भागरथी हत्या प्रकरण : सीडीओ, सरकारी वकिल, सीआइबी र एसएसपीको टोली घटनास्थलमा

माघ २४, २०७७

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश  सिंहले बताए ।

yONNEX
Sagarmatha Cement

‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,’ एसएसपी सिंहले लोकान्तरसँग भने,‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पनि अनुसन्धान गरिरहेको छ ।’


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

 अहिले घटनाको अनुसन्धानका लागि सीआईबीको टोली, प्रमुख जिल्ला अधिकारी (सीडीओ), सरकारी वकिलको कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रमुख र प्रदेश प्रहरी कार्यालयका एसएसपीको टोली अनुसन्धानमा खटिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

एसएसपी सिंहका अनुसार अहिले प्रहरीले मृतक भागरथीका आफन्त र साथीहरुलाई सोधपुछ गरिरहेको छ । उनको पोष्टमार्टम भइसकेको र भोलि (आइतवार) रिपोर्ट आउने सिंहले बताए ।
‘लबलेक सामुदायिक वनमा उनको शव भेटिएकाले कसले हत्या गरेको हो वा बलात्कारपछि हत्या भएको भन्न सकिँदैन, भोलि रिपोर्ट आएपछि मात्र अन्य तथ्य खुल्ला,’ एसएसपी सिंहले लोकान्तरसँग भने ।
जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता जनक बहादुर धामीका अनुसार भागरथी विद्यालय आउने–जाने सडकमा हिँड्ने ट्याक्टर चालक र अन्य व्यक्तिहरुसँग सोधपुछ भइरहेको छ ।

Vianet communication
Laxmi Bank

बुधवार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरि फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ ।

‘घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क पनि छ हातमा कोतरिएको देखिन्छ,‘ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘यौनाङ्गमा रगत बगेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ, तर पोस्टमार्टमपछि सबै रिर्पोट बाहिर आउला ।’

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

रुकुम पश्चिममा वन फँडानी गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई ...

असोज ९, २०८०

जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढा...

असोज ८, २०८०

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । ...

असोज ९, २०८०

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत क...

असोज ९, २०८०

जनकपुरका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि शुरू भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहे...

असोज ९, २०८०

बारामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ ।  पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x