×

कतारमा न्यूनतम तलब मार्चदेखि

माघ २६, २०७७

कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं ।’


Advertisment


उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए । ‘यो तलब कार्यान्वयन गर्न तपाईंहरू (नेपाली समुदाय) को विशेष भूमिका रहन्छ । तोकिएको तलब नपाएका कामदारले सहज रूपमा नेपाली भाषामै उजुरी दिन सक्ने गरी हामीले संयन्त्र बनाएका छौं । त्यस संयन्त्रमार्फत उजुरी दिन तपाईंहरू पनि प्रेरित गर्नुहोला,’ उनले भने ।


Advertisment

कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए । उनका अनुसार तलब नपाउने श्रमिकले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने छैन, अब रोजगारदाताले न्यूनतम तलब एक हजार, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपालले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रूपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेका थिएनन् । कतारले दुई वर्षअघि भने ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छाडेको थियो । खलाफले श्रम निरीक्षण प्रणालीलाई चुस्त बनाई कानुन उल्लंघन गर्नेलाई जरिवानासमेत गराउने बताए । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नयाँ तलब कार्यान्वयनमा आउने भएपछि आफूहरू उत्साहित रहेको बताए । ‘कतार खाडीमै श्रमिकको न्यूनतम तलब तोक्ने पहिलो राष्ट्र बनेको छ, कहिलेदेखि यसलाई कार्यान्वयन गर्ने भनेर सबै श्रमिकले चासोपूर्वक हेरिरहेका छन्, मार्चदेखि नै यसलाई लागू गर्ने भएपछि श्रमिकलाई धेरै फाइदा पुगेको छ,’ मुसलमानले भने, ‘यो कतारमा नयाँ आउने र कतारमा हाल कार्यरत दुवै थरी श्रमिकलाई दिइने जानकारी दिएका छन् ।’


कतारका लागि श्रम काउन्सिलर कृष्ण खनालले कतार सरकारले तोकेको न्यूनतम तलब दिन राजी भएका रोजगारदाता कम्पनीको मात्रै मागपत्र प्रमाणीकरण हुन थालेको बताए । ‘अहिले मागपत्र प्रमाणीकरण गरे पनि भर्ना प्रक्रिया पूरा गरेर आउँदा मार्च नै लाग्छ । मार्चदेखि नयाँ तलबमान कार्यान्वयन हुने हुँदा हामीले पनि अनिवार्य गर्न लगाएका छौं,’ उनले भने, ‘कतारबाटै न्यूनतम तलब घोषणा भइसकेकाले तलबको विषय अब सुरक्षित भइहाल्यो । यसले कम्पनीलाई श्रमिक ल्याउन अनुमति दिन पनि सजिलो भइदियो ।’

खनालका अनुसार एक महिनाको अवधिमा कतारमा झन्डै २५ हजार नेपाली ल्याउनका लागि रोजगारदातालाई अनुमति दिइसकेको छ । दूतावासले मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरेको जनाएको छ । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x