×

NMB BANK
NIC ASIA

काठमाडौं सांस्कृतिक महोत्सव सम्पन्न

फागुन ७, २०७७

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ । 

Muktinath Bank

दरवार मार्गमा आयोजना गरिएको महोत्सवमा कलाकारहरुसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रस्तुति रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाले मौलिक परम्परागत बाजा बजाएर ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’, ‘पंक्षीमा डाँफे राम्रो’, ‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँछ गीत नेपाली’, ‘पश्चिम कोही पूर्व घर’ बोलका गीतमा धुन प्रस्तुत गरेको थियो । सेनाले एउटा ‘टप्पा’ नृत्य र एउटा ‘तामाङ् सेलो’ नृत्य प्रस्तुत गरेको थियो । 


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीले ‘नेपाली हामी रहौंला कहाँ’ र ‘मै भेडी गोठालो’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको थियो । 

Vianet communication

सशस्त्र प्रहरीले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गीत र अर्को एउटा ‘झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेको थियो । तीनवटै सुरक्षा निकायका व्याण्डहरुले संयुक्त रुपमा ‘मन त मेरो नेपाली हो’, ‘मलाई प्यारो लाग्छ’, ‘रातो र चन्द्र सूर्य’ बोलका गीतमा व्याण्ड गायन प्रस्तुति गरेका थिए । 

महोत्सवमा सविन राई एण्ड पारोहको बिशेष प्रस्तुति थियो । उनले ‘जव तिमी आयौ’, ‘तिमीलाई हो’, ‘तिम्रो साथ’ लगायत पप गीत गाउनु भएको थियो । गायक मदन गोपाल नेपालीले ‘यो देशको माटो चुम्दै’, ‘सय थरी बाजा’, ‘लेकाली है’, ‘साँघुरी पारी’ र ‘माया लै लै’लगायत संगीत संयोजन गरिएको (मेड्ली) गीत गाएका थिए । 

गायिका मञ्जु पौडेलले ‘नेपालकी छोरी राष्ट्रिय गीत, ‘चुरोट लाइलर’, ‘गाह्रो हुन्छ फेरि’ लगायत गीत गएकी थिइन् ।  

प्रकाश सपुतले ‘ फाटेका चुरा’, ‘गलबन्दी च्यातियो’ लगायत गीतहरू एकल प्रस्तुतिका रुपमा र ‘आयो तेरो सर, बाटो खाली गर’ र ‘सरसर’ बोलका गीतमा प्रीति आलेसँग दोहारी व्याटल गएका थिए ।

त्यस्तै गायिका प्रीति आलेले ‘फरिया लरि लै बरि लै’, ‘अब हेर बेली डान्स’ लगायतका गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गायिका मिलन नेवारले ‘फुलबुट्टे सारी’, ‘गाला रातै’ लगायत गीत प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पारेर राष्ट्रिय भावना जागृत गराउन सुरक्षा निकायका प्रस्तुति राखिएका थिए । महोत्सवका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘कोभिड १९ को महामारीले आम मानिसमा परेको त्रास कम गराउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।’

उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै महामारी न्यूनीकरण र नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले थलिएको कला क्षेत्रलाई पुनर्जीवन दिन महानगरको आयोजना गरेको कार्यक्रमको प्रशंशा गरेका थिए । 

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पूरै समय बसेर कलाकारलाई हौसला दिएका थिए । त्यस अवसरमा सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, कर्मचारी र जनसाधारणको सहभागिता थियो । 

दरबार मार्ग क्षेत्रमा गरिएको कार्यक्रममा स्थानीय व्यापारीले खानाका स्टलहरू राखेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x