अमेरिकी विमान निर्माता कम्पनी बोइङले सबै एयरलाइन्स कम्पनीहरूलाई ७७७ मोडलका विमान उपयोग नगर्न चेतावनी दिएको छ ।
अघिल्लो साता अमेरिकाको डेनभरमा यस मोडलको विमानको इन्जिन फेल भएको थियो र घरहरूमा विमानका टुक्रा झरेका थिए । अमेरिकी नियामकले युनाइटेड एयरलाइन्सको विमानको परीक्षण गरेपछि कम्पनीले यो निर्देशन दिएको हो ।
बोइङकै अर्को ७४७–४०० मालवाहक विमानको पनि नेदरल्यान्ड्सको मास्त्रिख विमानस्थलबाट उडेलगत्तै टुक्राटाक्री खसेका थिए ।
लङटेल एभिएसनको उक्त विमानका टुक्राहरू मीरसेन शहरमा शनिवार खसेका थिए । एक महिला घाइते भएकी छन् र संरचनाहरूमा क्षति पनि पुगेको छ ।
युनाइटेड एयरलाइन्सले चाहिँ ७७७ मोडलका विमानलाइृ अस्थायी रूपमा सेवाबाट हटाएको जानकारी दिएको छ ।
बोइङ ७७७ विमानहरूको पंखालाई समय समयमा निरीक्षण गर्नुपर्ने आवश्यकता पनि यसले देखाएको छ ।
जापानी सञ्चारमाध्यम निक्केईका अनुसार, जापानले पनि यस मोडलको विमान उडानमा रोकको आदेश दिएको छ । यस विमानको इन्जिनमा समस्या देखिएको उसले डिसेम्बर महिनामा रिपोर्ट गरेको थियो ।
युनाइटेडमा यस मोडलका २५ विमान सञ्चालनमा छन् भने जापानका दुई एयरलाइन्स कम्पनीमा ३२ वटा यस मोडलका विमान छन् ।
एजेन्सी