×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीका नाममा ठगी धन्दा : ७ महिनामा २८ करोड ठगी

फागुन १५, २०७७

NTC
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels

वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।

Muktinath Bank

व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन्। ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ।


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज)मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरको ठगी भएको उजुरी परेको थियो। कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ। निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ।

Vianet communication

म्यानपावरविरुद्ध परेको उजुरीमा दोषी देखिए विभागले जरिवानासमेत तिराउने गरेको छ। पीडितलाई पैसा फिर्ता दिलाउनुका साथै म्यानपावरलाई जरिवाना भराउने गरिएको निर्देशक नेउपानेले बताए। विभागले जरिवानाबापत माघसम्म म्यानपावरबाट ५० लाख रकम असुलेको छ। त्यसैगरी, गत आर्थिक वर्ष पुससम्म विभागले ५१ लाख ५० हजार जरिवाना असुलेको थियो।

पैसा लिएर विदेश नपठाउने, तोकिएभन्दा बढी शुल्क लिने, सम्झौताभन्दा अर्को काम र कम पारिश्रमिक दिनेलगायत उजुरी विभागमा पर्छन्। सम्झौताअनुसार काम नपाएर ठगीमा परेको भन्दै गन्तव्य मुलुकमा केही समय बसेर उजुरी गर्ने क्रम बढ्दो रहेको जानकार बताउँछन्। त्यस्तै, विदेश जान नपाई ठगीमा पर्ने क्रम पनि रोकिएको छैन।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगार ऐन २०६४ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आकस्मिक अनुगमनलाई प्राथिमकता दिइएको बताए। अनधिकृत रूपमा काम गर्ने जो–कोहीलाई कारबाही गर्न पछि नपर्ने महानिर्देशक दाहालले बताए । ‘जस्तोसुकै अवरोध आए पनि एक्लो वृहस्पति भएर कामदारका पक्षमा डटेर सामना गर्दै आएको छु’, दाहालले भने। उनले आकस्मिक अनुगमन टोली खटाएर काठमाडौंका विभिन्न म्यानपावरका साथै इटहरीमा रहेका शाखामा समेत अनुगमन गरेका थिए।

बिनास्वीकृति अन्तर्वार्ता लिने दर्जनौं म्यानपावर विभागको कारबाहीमा परेका छन्। त्यस्तै, भिजिट भिसामा पठाउन तल्लीन म्यानपावरलाई पनि कारबाही गरिएको दाहालले बताए। १८ म्यानपावरलाई आंशिक तथा पूर्ण कारोबार रोक्काको कारबाही गरिएको विभागले जनाएको छ। अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x