×

NMB BANK
NIC ASIA

जरो किलो महाअभियान योगी नरहरिनाथको वैचारिक उत्तराधिकारी

फागुन १८, २०७७

NTC
Premier Steels

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७ औँ योगी नरहरिनाथ जयन्ती सोमबार युगनिर्माण महिला समाज नेपालको सभाकक्षमा सम्पन्न भएको छ । सत्सङ्मा नेपालको पुनर्जागरणका संवाहक योगी नरहरिनाथले पुर्याउनु भएको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

Muktinath Bank

सत्सङ्गका सभापति जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारीले योगी नरहरिनाथ लगायत नेपालको पुनर्जागरणका चेतना भएको अग्रजहरुले थाल्नुभएको नेपालको पुनर्जागरणको परिकल्पनालाई निष्कर्षमा पुर्याउन जरो किलो महाअभियानको स्थापना भएको बताउनुभयो । जरो किलो महाअभियान योगी नरहरिनाथको  वैचारिक उत्तराधिकारी भएको उल्लेख गर्दै डा. अधिकारीले महाअभियानले पुनर्जागरणको सङ्कथनलाई मूलप्रवाहमा ल्याएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही मानिसहरुलाई पञ्चायती व्यवस्था आदर्श व्यवस्था रहेको भ्रम रहेको उल्लेख गर्दै डा. अधिकारीले तत्कालीन व्यवस्थामा योगीजीलाई गिरफ्तार गरी करेन्ट लगाउने कुकर्म समेत भएको उल्लेख गर्नुभयो । उहाँको निधन हुँदा समेत सत्ता, प्रतिपक्षमा र विद्रोहमा रहेका कांग्रेस कम्युनिष्टहरुले श्रद्धाञ्जली पनि व्यक्त नगरेर साधारण नैतिकता पनि प्रदर्शन नगरेको स्मरण गर्नुभयोे । 
 


Advertisment
Nabil box
Kumari

योगीजीको सम्मान गरेझैँ देखिएका कतिपय समूहले उहाँको पुनर्जागरणको चेतनामा आघात पुर्याउने खतरा रहको उल्लेख गर्दै डा. अधिकारीले केही समूहले योगी नै अन्तिम व्याख्याताको रुपमा चित्रण गर्नु हाम्रो मौलिक आचार्य पद्धतिको विरुद्ध भएको बताउनुभयो । योगी नरहरिनाथका साथै पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा, स्वामी विशुद्धदेव, नयराज पन्त, सिद्धिचरण श्रेष्ठ लगायतका अन्य धेरै महान आत्माको चिन्तनको जगमा रहेर गरिएको अनुसन्धान, अनुष्ठान र साधनाको फल स्वरुप सहृदयता दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको अभिनिर्माण भएको डा. अधिकारीले उल्लेख गर्नुभयो । 

Vianet communication

सत्सङ्गमा सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापतिले सत्कर्म गर्नेलाई चौतर्फी बाधा आउने भएपनि योगी नरहरीनाथबाट दृढ संकल्पित हुन प्रेरित भएर पुनर्जागरणको अभियानलाई निष्कर्षमा पुर्याउन जरो किलो महाअभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । 

सनातन धर्म महासंघका महासचिव अभिषेक जोसीले नेपालमा शिक्षा प्रणालीमा खोट रहेको कारण विदेशी विचारक तथा अभियन्तालाई मात्र मान्ने र पुज्ने तर आफ्ना महान् गुरुहरुलाई उपेक्षा गर्ने नागरिक तयार भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । योगीजीले शिक्षा क्षेत्रमा मौलिकताको पुनर्जागरणको लागि कोटीहोवन लगाएर गुरुकुल स्थापनाको लागि पहल थाल्नुभएकोमा हाल ती अयस्तहरुमा कपुतन्त्रको रजगज रहेको बताउनुभयो । 
सत्संगमा स्वागत मन्तव्य राख्नुहुँदै जरो किलो प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले योगी नरहरिनाथ नेपालको प्राकृतिक सांस्कृतिक सम्पदाको अन्वेषक भएको बताउनुभयो । 

सनातन धर्म महासंघका महासचिवका अमर परियारले योगी नरहरिनाथले विविधतालाई सम्मान गर्ने मौलिक पद्धतिको उजागर गर्नुभएको बताउनु भयो । मातृभाषामा शिक्षा दिएर नेपालको मौलिक विविधताको संरक्षण र प्रवर्धनमा योगीजीले जोड दिनुभएको परियारले उल्लेख गर्नुभयो । 

सत्सङ्गमा मौलिक जरोकिलो पार्टीको सर्वाेच्च परिषद् सदस्य नुमनाथ प्याकुरेलले योगीजीको योगदानलाई आत्मसात गर्दै पुनर्जागरणको चेतनालाई मूलप्रवाहीकरण गर्ने जिम्मेवारी मौलिक जरोकिलो पार्टीका सम्पूर्ण अभियन्ताको भएको बताउनुभयो । 

नागरिक फाउण्डेशनका अध्यक्ष यमनाथ उपध्यायले विकट कालिकोट जिल्लामा जन्मनु भएका योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा पनि मौलिकताको प्रवर्धनको लागि पहल गर्नुभएको चर्चा गर्नुभयो । 
 

सहृदयता अन्तरराष्ट्रियका सचिव राजन अधिकारीले देशका निर्णायक तहमा रहेका व्यक्तिहरुको अल्पज्ञानको कारण नेपालको मौलिकतामा रहेको महत्तालाई मनन गर्न नसकेको बताउनुभयो । नेपालीजनले अज्ञानी भएर हिनताबोध गर्ने वा योगीजीकोे पुनर्जागरणको चेतनाले सिंचित भएर आत्मसम्मानको बोध गर्ने भन्ने निर्णय लिने बेला आएको अधिकारीले उल्लेख गर्नुभयो ।
 

प्रगतिवादी युवा समाज नेपालका कार्यसमिति सदस्य सुनिता डाँगीले मौलिक ज्ञान परम्पराको उजागर गरी लैङ्गिक समानताको लागि योगी नरहरिनाथले दिनुभएको मार्गदर्शन मननीय भएका बताउनुभयो ।

मौलिक जरोकिलो पार्टीका लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठले योगी नरहरिनाथका पुस्तकालयमा भएको पुस्तकहरुलाई धमिराको आहारा बनाउनु गुठी संस्थानको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उल्लेख गर्दै त्यस प्रकारको बौद्धिक सम्पत्तिको बेवास्ता गर्नुमा राज्यपक्षको बद्नियत झल्कने बताउनुभयो । 

मौलिक जरोकिलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्य उपदेश प्रकाशन गरेर जनजनमा राष्ट्रिय एकताको सन्देश पुर्याउनु भएको बताउनु भयो । 
प्रगतिवादी युवा सङ्घका केन्द्रिय सदस्य विशाल थापाले युवाहरुले राष्ट्रका विभूतिहरुको सम्मान गर्ने सिक्नुपर्नेमा जोड दिँदै योगी नरहरिनाथ जस्ता महान विभूतिको अझै पनि राष्ट्रले यथोचित सम्मन गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो । 

नागरिक फाउण्डेशनका सचिव अरुण पौडेलले योगीजीले विदेशीले लेखिदिएको इतिहासले नेपालको वास्तविक इतिहासलाई नसमेटेको कारण यसको पुनर्लेखन हुनुपर्नेमा जोड दिनु भएको बताउनुभयो । अन्तरराष्ट्रिय क्षेत्रमा पनि कोटीहवन लगाएर विश्वशान्तिको लागि पनिलाई योगीजीले पहल गर्नुभएको पौडलले बताउनुभयो । 

सहृदय उद्यमशीलता प्रालिका अध्यक्ष जोनसन थापाले योगी नरहरिनाथ जस्ता महान आत्माका पुनर्जागरणको चेतनाको आत्मसात गर्न नसक्दा नेपालमा पटक पटक आन्दोलन र परिवर्तनहरु भएर पनि वास्तविक परिवर्तन हुन नसकेको बताउनुभयो । 

अखिल नेपाली विद्यार्थी सङ्घका अनिष खतिवडाले नेपालमा आधुनिकताको नाममा विदेशी चलखेल बढेकाले विद्यार्थीहरु चनाखो भएर योगीजी जस्ता व्यक्तित्वको मार्गनिर्देशन अनुरुप मौलिकताको पुनर्जागरणमा सम्पूर्ण विद्यार्थी वर्ग एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
 

सत्सङ्मा उपस्थित सम्पूर्ण सहभागीहरुले योगी नरहरिनाथको तस्वीरमा माल्यार्पण गरेर सम्मान गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x