×

NMB BANK
NIC ASIA

क्यान्सरको गुणस्तरीय उपचार

फागुन २३, २०७७

NTC
Premier Steels

 सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा छन् ।

Muktinath Bank

शुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि गएकी शर्मा झापामा पनि क्यान्सरको उत्कृष्ट अस्पताल छ भन्ने सुनेर झापामा उपचारका लागि आएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेढ वर्षअघि स्तन क्यान्सरपीडित उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । राजीव गान्धी अस्पतालमा भारु २५ लाख खर्च हुने भएपछि सस्तो उपचारको खोजी गर्दै उहाँ झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल पुगेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

क्यान्सर रोगी उनले सिलगुढीमा अधिकांश नेपाली बस्ती भएकाले पनि झापा आएर उपचार गर्न सहज भएको सुनाउनुभयो । भाषा मिल्ने, सस्तो उपचार, सेवा–सुविधा राम्रो लागेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएको जानकारी दिए ।

Vianet communication

झापामा आँखा उपचारका लागि भारतबाट धेरै मानिस आउँछन् भन्ने सुनेकी थिएँ त, शर्माले थप्नुभयो, “आफूलाई क्यान्सर भएपछि पूर्वाञ्चल अस्पताल आउँदा अस्पतालजस्तो लागेन ।” पाँचतारे होटलमा आएको अनुभव सुनाएकी उनले क्यान्सरको उपचार गर्न आउँदा पर्यटकीय स्थल घुम्न आएकी हुँ कि जस्तो लागेको बताए । पानीका फोहोरा, देवताहरूको चित्र देख्दा उक्त स्थानमा फोटोसमेत खिचेको उनले बताए ।

झापा अर्जुनधाराकी ५६ वर्षीया प्रेमकुमारी फुयालको स्तन क्यान्सर उपचार झापामै भएको हो ।

सुरुमा नुहाउन जाँदा गाँठो पलाएजस्तो लाग्यो उनलाई । त्यसपछि विर्तामोडस्थित एक क्लिनिकमा उपचारका लागि जाँदा बीएन्डसी अस्पतालमा रिफर गरिदियो । फुयालले भने, “बीएन्डसीमा बायोप्सी गराउँदा क्यान्सर पुष्टि भयो ।” दुई वर्षअघि साउनमा क्यान्सर पत्ता लागेकोमा बीएन्डसी अस्पतालमा क्यान्सर उपचार नभएकाले भक्तपुर क्यान्सर अस्पताल आएको उनले बताए ।

फुयालले भक्तपुरमा दुई पटक केमो गरेपछि बस्नलाई समेत समस्या भएकाले पुनः झापा फर्किएको बताए । गत वर्षको पुसदेखि क्यान्सर अस्पताल सञ्चालनमा आएपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमै शल्यक्रिया गरेको भन्दै अहिले पूर्ण रूपमा ठीक भइसकेको जानकारी उनले दिए ।

माघमा केमो लगाइसकिएको बताउँदै फुयालले भने, “तीन महिनापछि आउनु भन्नुभएको छ, अहिलेलाई औषधि खाइरहेकी छु ।” झापामै क्यान्सर रोगको उपचार हुन थालेपछि धेरै सजिलो भएको अनुभव फुयालले सुनाए।

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल एसियामै नमुना क्यान्सर अस्पतालका रूपमा स्थापित गर्न लागेको जानकारी दिए । हाल एक सय शैयामा सञ्चालित उक्त अस्पतालमा नेपालका अन्य क्यान्सर अस्पतालमा भन्दा अत्याधुनिक प्रविधि भित्र्याउन सफल भएको दाबी गरे ।

पेटस्क्यान, सीटी स्क्यान, एमआरआई, रेडियोथेरापी, केमोथेरापी, सर्जरी र अन्तर्राष्ट्रियस्तरको ल्याब सुविधासमेत पूर्वाञ्चल क्यान्सर अस्पतालमै पाउने भएकाले क्यान्सरको उपचारमा विदेश जानै नपर्ने उनको भनाइ छ । डा. यादवले क्यान्सर अस्पतालमा मात्र दैनिक सयदेखि १५० जनासम्म बिरामी ओपीडीमा आउने गरेको जानकारी दिँदै अस्पतालले सबैको सहज पहुँचका लागि ध्यान दिएको बताए ।

निर्देशक डा. यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक ६० जनासम्मको रेडिएसन तथा ३५ जनासम्मको केमोथेरापी हुने गरेको जानकारी दिए । क्यान्सर अस्पतालमा रेडियसन मेसिनले ३९ सेकेन्डभित्रै रेडिएसन दिइसक्ने छ । यो नेपालकै अत्याधुनिक प्रविधि हो । अन्य अस्पतालमा रेडिएसन दिँदा ३५ मिनेटसम्म लाग्छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले शरीरभित्र रहेको ट्युमरलाई शल्यक्रिया नगरी रेडियो सर्जरी प्रविधि पद्धतिबाट उपचार गर्न सकिने अत्याधुनिक मेसिन पूर्वाञ्चल क्यान्सर अस्पतालमा भित्र्याइएको बताए । उनले अत्याधुनिक मेमोग्रामको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले नेपाल सरकारबाट पाउने एक लाख रुपियाँबराबरको उपचार खर्च विपन्न नागरिक उपचार कोषअन्तर्गत प्राप्त गर्ने गरेको बताए ।

उनले प्रदेश १ र २ का क्यान्सरका बिरामीलाई पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको बताए । उनले यसबाहेक विदेशमा यसअघि उपचार गराइरहेकासमेत उपचारका लागि आउने गरेको जानकारी दिए । गिरीले क्यान्सर अस्पतालमा नेपालका मात्र नभएर भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, सिलगुढी, पटना र बङ्गलादेशबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामी आउने गरेको बताए ।

अस्पतालका मेडिकल निर्देशक डा. यादवले अस्पतालले उत्कृष्ट सेवा दिइरहेको जानकारी दिँदै दक्षिण एसियामा स्थापित अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफैँलाई क्यान्सर लागिसकेपछि क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिँदै एक वर्षमा अस्पतालले उत्कृष्ट सेवा दिन सकेको बताए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x