×

NMB BANK
NIC ASIA

नेपाल एकीकरणताकाका गढी, किल्ला, कोट, दरबार र बाटो प्रवद्र्धन गर्ने सेनाको योजना

फागुन २४, २०७७

NTC
Premier Steels

नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजना बनाएको छ । 

Muktinath Bank

यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विक्रम संवत् १८०३ देखि १८२० सम्म काठमाडौं र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजना समेत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन टे«किङ टे«ेल’ प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको थियो ।


Advertisment
Nabil box
Kumari

विष्णु दल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्बद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले ६ वटा पदमार्ग पहिचान गरेको थियो । विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले योजनालाई पूर्णता दिन थालेको हो ।

Vianet communication

फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको कालीजङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिए ।

थापाका अनुसार पहिचान भएका ६ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात् चौकोट–शारदाकोट–गोरखनाथ हुँदै कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिने छ । १० किलोमिटर लम्बाइको पदमार्गमा गणले १ दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । 

काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्त्वका मठमन्दिर र ऐतिहासिक कलासंस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिए ।

विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामीडाँडाहुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलाञ्चोक विजयपश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजयपश्चात् फस्कोट–फूलबारीकोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमालकोट विजयपश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमोबुद्ध–फस्कोटहुँदै पुनःचौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईंस्थान–नालाकोट–साँगा हुँदै बनेपार पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् । 

ट्रेकिङ ट्रेल’ बनिसकेपछि ऐतिहासिक एवं कला झल्काउने स्थानलाई विश्वमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । टे«किङ टे«ेलअन्तर्गत शुरूआत स्थल, संकेत केन्द्र, मेडिकल, खानेपानी, शौचालयजस्ता भौतिक संरचना धुलिखेल र पनौती नगरपालिकाभित्र बन्ने भएकाले ती २ स्थानीय तहले निर्माणमा सहयोग गर्नेछन् । गणपति थापाले भने, ‘फागुन २९ गते टे«किङ टे«ेलमा विभिन्न निकायका व्यक्तिलाई अवलोकन गराइनेछ ।’

उनका अनुसार गणले उक्त दिन प्रधानसेनापति पूणचन्द्र थापालगायत विभिन्न निकाय र नागरिक समाजका गरी ५०० व्यक्तिलाई पदयात्रामा सहभागी गराउने योजना बनाएको छ । 

पर्यटकीय नगरी धुलिखेल र ऐतिहासिक एवं धार्मिक नगरी पनौती नगरपालिकाले समन्वय गरी टे«किङ टे«ेललाई स्थापित गर्न सरोकारवालाबीच विभिन्न चरणमा छलफल समेत भएका छन् । टे«किङ टे«ेल निर्माणपछि स्थानीय तह, होटल एशोसियसन नेपाल तथा उद्योग वाणिज्य संघलगायत सामाजिक संस्थाले त्यसलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि ‘पर्यटकीय रुट’का रुपमा समेत विकसित गर्न सुझाइएको छ । – राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x