×

NMB BANK
NIC ASIA

नयाँ सत्ता समीकरणको खेल

जसपासँगको छलफलपछि कांग्रेस प्रवक्ता शर्माको टिप्पणी – स्थिति परिपक्व हुँदैछ, केही दिन पर्खनुस्

फागुन २८, २०७७

NTC
फाइल फोटो
Premier Steels

नयाँ सत्ता समीकरणको लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीसँग संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले छलफल गरेका छन् । छलफल सकारात्मक रहेको दुवै दलका नेताहरुले दाबी गरेका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शुक्रवार अपरान्ह भएको बैठकमा दुवै दललले राष्ट्रिय राजनीतिको सम्बन्धमा साझा निष्कर्ष बनाउने सहमति गरेको हो । दुवै दलले माओवादी केन्द्रसहितको संयुक्त बैठक बसेर एउटा निष्कर्षमा पुगिने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन भएपछि तीन दलले साझा निष्कर्ष निकालेकोमा फेरि अर्को खण्ड प्रारम्भ भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको सन्दर्भमा एउटा धारणा बनाएर उचित निष्कर्षमा पुग्नुपर्छ भन्ने धारणा ल्यायो । दुवै बैठकको सार प्रतिनिधि सभाको विघटन भएपछि कांग्रेसको नेतृत्वमा साझा धारणा बनेको थियो । आज संभवत अर्को खण्ड प्रारम्भ भएको छ, केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ,’ प्रवक्ता शर्माले भने ।

Vianet communication

बैठकमा कांग्रेसले नयाँ सत्ता समीकरण बनाउन प्रस्ताव गरेको थियो ।

‘पार्टी पदाधिकारी बैठकमा पनि ओलीको विकल्प दिनुपर्छ भन्ने कुरा उठेको छ । जसपाका नेताहरुले पनि प्रमुख प्रतिपक्षको कांग्रेसको अग्रसरताले निकास हुन्छ भन्दै कांग्रेसको भूमिकाको खोजी गर्नुभएको छ । परिस्थिती थप परिपक्व बन्नको लागि प्रतिक्षारत छौ,’ शर्माले भने, ‘आजको संवादपछि हिजो भन्दा परिस्थिति बदलिएको छ, थप परिपक्वताको प्रतिक्षा गर्नुपर्छ । हामीले हतारिएर निर्णय गरेको भए राष्ट्रिय राजनीति अप्ठेरोमा पुग्थ्यो होला ।’

बैठकका कांग्रेस सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला लगायत सहभागी थिए । त्यस्तै जसपाका तर्फबाट अध्यक्ष ठाकुर, नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतोलगायत थिए ।

बैठकपछि नेता ठाकुरले मिलेर जानेबारे प्रस्ताव आएको बताएका छन् ।

‘अहिलेको अवस्था मिलेर जाने प्रस्ताव आएको छ, हाम्रो पनि कुरा राख्यौं, मुद्दा फिर्ता हुनुपर्छ भन्ने कुरा राख्यौं,’ ठाकुरले भने । उनले नयाँ सरकार गठनको विषयमा भने छलफल नभएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x