×

NIC ASIA

गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

चैत २, २०७७

Prabhu Bank
NTC
Premier Steels

गृहमन्त्री रामबहादुर थापा(बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

Muktinath Bank

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

Vianet communication

उनले केही समयअघिमात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए ।

राजदूत हैदरले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन आफुले सक्दो पहल गर्ने बताए ।

उनले नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउँदै नेपाललाई बिभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

राजदूत हैदरले नेपालीहरुको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफु प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न ईच्छुक रहेको बताए । उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x