×

NMB BANK
NIC ASIA

दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोकिँदै

चैत १७, २०७७

NTC
Premier Steels

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्न लागेको हो ।

Muktinath Bank

यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा प्राविधिक समितिले काम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । केही वस्तुको मापदण्ड प्राविधिक समितिबाट स्वीकृत भइसकेको छ । केहीको भने स्वीकृत हुने क्रममा रहेको विभागले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो । तर वस्तुगत रूपमा छुट्याइएको छैन । महलगायत वस्तु निर्यात हुन्छन्, त्यही भएर अन्तर्राष्ट्रिय कोडेक्सको फर्म्याटमा मापदण्ड तोक्न लागिएको हो,’ महर्जनले भने । वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुने विभागको निष्कर्ष छ । गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढ्छ । यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन । विभागले महको पहिलो पटक गुणस्तर निर्धारण गर्न लागेको हो । महबारे विगतमा पनि मापदण्ड बनाइएको छ । सरकारले महलाई तुलनात्मक वस्तुमा समेत सूचीकृत गरेको छ । मह निर्यातसमेत हुने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजान महको गुणस्तरलाई पुनः परिमार्जन गर्न लागिएको महर्जनले बताए ।


Advertisment
Nabil box
Kumari

विभागको खाद्य स्तर निर्धारण कार्यक्रमअनुसार गेडा सिमी/सिमीको दाल, गेडा बकुला/बकुलाको दाल, गेडा बोडी तथा बोडीको दाल, गेडा राजमा/राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुणस्तर तोक्न लागिएको छ । फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर पनि तोकिँदै छ । विभागका अनुसार अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयार गरी प्राविधिक विज्ञसहितको समितिमा छलफल भइरहेको छ ।

Vianet communication

‘केही दालको गुणस्तर मापदण्ड सरकारले तोकेको छ । उपसचिवको संयोजकत्वमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गरिरहेको छ,’ विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘प्रयोशालामा परीक्षण, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल भइरहेको छ ।’ प्राविधिक समितिबाट स्वीकृत भएपछि महानिर्देशकको संयोजकत्वमा गठित समितिमा छलफल हुन्छ । यसपछि कृषि तथा पशुपन्छी सचिवकहाँ छलफल हुन्छ । सचिवबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा पेस हुने महानिर्देशक रायले जानकारी दिए । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशन हुन्छ, त्यसपछि कानुनी आधार बन्छ,’ उनले भने । रायका अनुसार विगतमा १ सय ३१ वस्तुको मापदण्ड निर्धारण गरिएको थियो ।

खाद्यवस्तुको माग बढिरहेकाले मापदण्ड पनि बढाउँदै लगिएको विभागले जनाएको छ । हालै विभागले चिउरा, पुष्टकारी, गुदपाक, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, दालमोठ र १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको थियो । यी वस्तुमा अनुगमन भए पनि अखाद्य वस्तु भए/नभएको, ढुसी र रङको मात्रै निरीक्षण हुन्थ्यो । गुणस्तर निर्धारण भएपछि वस्तुगत रूपमै निरीक्षण गर्न सहज भएको विभागको भनाइ छ ।

चिउरामा फोहोर, अन्य गन्ध एवं ढुसी कीरा, कीराको निष्कासित पदार्थ तथा अन्य हानिकारक पदार्थ हुनुहुँदैन । यसमा कुनै पनि बाह्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठमा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न पाइँदैन । भुजियामा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठ, भुजिया तथा मिक्स दालमोठ सफा, सुक्खा, उपयुक्त रङ, स्वाद, स्वाभाविक बास्ना भएको र खादा झुरुम्म गर्ने हुनुपर्नेछ । प्याकेजिङ तथा लेबलिङका क्रममा सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने उल्लेख छ । तर विभागले मापदण्ड तोके पनि कार्यान्वयन नगरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । ‘हरेक खाद्यवस्तुमा समस्या देखिन्छ । विभागले गुणस्तर निर्धारण गरेको बताए पनि नाम मात्रै भयो,’ उनले भने, ‘अरू खाद्यको कुरा छाडौं, दैनिक उपभोग हुने पानीमै समस्या छ । खै कहाँ छ विभागको मापदण्ड ?’ कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x