×

स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी

चैत २७, २०७७

आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।


Advertisment

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए ।


Advertisment

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भनेका थिए । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए।

छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढ्दो क्रममा रहेकोले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिएका थिए। उनको यो धारणासँगै विद्यालय तहको परीक्षा कार्यतालिकामा हेरफेर हुनसक्ने आकलन गरिए पनि शिक्षाका अधिकारीहरूले अहिलेसम्म यस विषयमा नसोचिएको स्पष्ट पारेका हुन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

सरकारले जेठभित्र विद्यालय तहका अन्य कक्षाको परीक्षा पनि पूरा गर्न र असारबाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेकोले सबै कक्षाको अन्तिम परीक्षा जेठभित्रै सक्नुपर्ने अवस्था छ ।

बोर्डले कार्यतालिकामा परिमार्जन गरेबाहेक परीक्षामा कुनै परिमार्जन नहुने जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जेठभित्र परीक्षा सक्न सरकारले समय दिएपछि आफूहरूले परीक्षाको कार्यतालिका दिएको स्पष्ट गर्दै कोरोनाका कारण अहिले नै कार्यतालिकामा परिमार्जन गरिने अवस्था नरहेको बताए । शैक्षिक सत्रको टुङ्गो लगाउने जिम्मेवारी सरकारको रहेकोले यसमा बोर्डको कुनै नयाँ निर्णय हुन नसक्ने उनले स्पष्ट गरे।

कक्षा ११ को असारमा गर्न सकिने

विद्यालयहरूले कक्षा ११ को परीक्षा असारमा लिन सक्ने भएका छन् । बोर्डका अध्यक्ष डा. पौडेलले कक्षा ११ को पठनपाठन पूरा गर्न समय लिन सक्ने भन्दै असारमा कक्षा ११ को परीक्षा गर्ने सम्भावना देखिएको बताए ।

कक्षा ११ को परीक्षाको कार्यतालिका र परीक्षा सञ्चालन विद्यालयले नै गर्न सक्ने अधिकार बोर्डले दिएको छ । विद्यालयले आन्तरिक कार्यतालिका मिलाएर परीक्षा लिन सक्ने जानकारी बोर्डले दिएको छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x