×

NMB BANK
NIC ASIA

सत्ताको खेल

सत्ताको 'चाबी' बोकेको जसपा अनिर्णित बन्दा लुम्बिनीमा अन्योल, साथ खोज्दै मुख्यमन्त्री पोखरेल

चैत ३१, २०७७

NTC
Premier Steels

गएको साता (चैत २४) मा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तीन दलले हस्ताक्षर अभियान सञ्चालन गरेको हल्ला फैलियो । 

Muktinath Bank

आफू नेतृत्वको सरकार ढाल्न खोजेको सुइँको पाएलगत्तै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिश गरे भने जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सहस्रराम यादव र प्रमुख सचेतक सन्तोष पाण्डेयलाई बोलाएर छलफल गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अहिलेसम्म मुख्यमन्त्री पोखरेलले न जसपाको साथ पक्का गरेका छन्, न त सरकारमै रहेर नयाँ सरकार बनाउन हस्ताक्षर अभियान थाल्ने माओवादी केन्द्रका मन्त्री हटाउन ।


Advertisment
Nabil box
Kumari

सरकार ढाल्न कांग्रेस र माओवादी केन्द्र एकढिक्का भए पनि जसपा अनिर्णित छ । सत्ताको चाबी बोकेर बसेको जसपा अनिर्णित बन्दा लुम्बिनी सरकार अन्योलमा छ ।

Vianet communication

राजनीतिक विश्लेषक मनिकर कार्की जसपाले ग्राउण्ड क्लियर गर्न अब ढिला गर्न नहुने बताउँछन् ।

‘अन्यौल अब लम्ब्याउनु हुँदैन,’ कार्कीले भने, ‘केन्द्रदेखि प्रदेशसम्म जसपाकै अन्योलले नयाँ सरकारका विषय अल्झिएका छन् । यो विषयमा अझै ढिला गर्ने हो भने समस्याका हाँगाबिँगा झन् बढ्दै जानेछन् । मुलुक झनै अप्ठ्यारोमा पर्नेछ ।’ 

लुम्बिनीमा रहेका जसपाका ६ सांसदमध्ये ५ जना उपेन्द्र यादव र बाबुराम भट्टराई निकट छन् । संसदीय दलका नेता सहस्रराम यादव, प्रमुख सचेतक सन्तोष पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, पुर्मती ढेगा, सुमन शर्मा रायमाझी यादव र भट्टराई निकट हुन् भने, कल्पना पाण्डे महन्त ठाकुर तथा राजेन्द्र महतो निकट मानिन्छिन् । 

सरकारमै बसेर लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । 

केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि नयाँ सरकार बन्ने उनको भनाइ छ ।

लुम्बिनी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जसपा माओवादी र कांग्रेससँग सहकार्य नगरी आफूहरूसँगै आउने दाबी गरे । ‘लुम्बिनीमा शंकर पोखरेलको विकल्पमा अर्को सरकार बन्नै सक्दैन, बाँकी दुई वर्षको कार्यकाल पनि यही सरकारले पूरा गर्नेछ ।’ 

जसपा सरकारमा ‘इन’ भएपछि माओवादीका मन्त्री ‘आउट’ हुने चौधरीको भनाइ छ । 

यता माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले सरकार गठनको प्रक्रिया नरोकिएको बताए ।

‘जसपामा केन्द्रको टावरले गर्दा अलमलमा देखिएको छ । नयाँ वर्षसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउछौं,’ घर्तीले लोकान्तरसँग भने । 

लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभामा माओवादीका दुई सांसद पदमुक्त भएका छन् । नयाँ सरकार बनाउनका लागि ४३ सांसद आवश्यक पर्छ ।

कांग्रेस, माओवादी र जसपा एक भए नयाँ सरकार बन्न बहुमत पुग्छ । प्रदेश सभामा एमालेका ४१ सांसद छन् । कांग्रेसका १९, माओवादीका सभामुखसहित १८ र जसपामा ७ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । 

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जसपाले संस्थागत निर्णय गर्न सक्दा प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ भएको बताए । 

‘माओवादी र कांग्रेसमा कुनै समस्या छैन । नयाँ सरकार गराउन जसपा, माओवादी र कांग्रेसबीच एक खालको सहमति पनि भएको हो । तर, जसपा आफैँमा अल्झिँदा प्रगति हुन सकेन,’ खानले भने । 

जसपा संसदीय दलका नेता सहस्रराम यादवले केन्द्रदेखि प्रदेशसम्म एउटै स्थिति हुँदा नयाँ सरकार गठनमा केही समस्या आएको बताए ।

छिट्टै बैठक बसेर मुख्यमन्त्रीलाई समर्थन गर्ने कि विपक्षीसँग गठबन्धन बनाएर जाने भन्ने निर्णय हुने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x