कोरोनाका कारण थप ५ जनाको मृत्यु, ४६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Advertisement

पछिल्लो २४ घण्टामा ४ सय ६० जना संक्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ । 

सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्