×

NMB BANK
NIC ASIA

प्राकृतिक प्रकोप सहयोग कोषद्वारा १०० घर पीडितलाई रकम प्रदान

बैशाख ५, २०७८

NTC
Premier Steels

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ ।

Muktinath Bank

आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भएकै वर्ष १९ परिवारलाई रु एक लाख ८५ हजार र विसं २०७५ मा २४ परिवारलाई रु एक लाख १८ हजार राहत रकम प्रदान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

यस्तै २०७६ मा २७ परिवारलाई रु एक लाख ५३ हजार रकम उपलब्ध गराइएकामा २०७७ मा ३० घर पीडित परिवारलाई रु दुई लाख ८५ हजार प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए । 

Vianet communication

कोष स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा जिल्लामा सबैभन्दा बढी आगलागी, बाढीपहिरो र चट्याङबाट पीडित बनेका परिवारलाई राहत वितरण गरिएको छ । विसं २०७७ अर्थात् यस वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ ।

जिल्लामा आधिकारिकरूपमा दर्ता गरेर सञ्चालनमा ल्याइएको कोषले आफ्नो मूलधन रु ३० लाखको ब्याजबाट आएको रकमले आंशिक क्षतिलाई नगद रु पाँच हजार र पूर्ण क्षतिलाई नगद रु १० हजार राहत वितरण गर्दै आएको छ ।

भोगेन्द्र राई ‘एक्ले’को अध्यक्षतामा गठन भएको कोषमा १३ सदस्यीय समिति रहेको छ । विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहज होस् भनेर जिल्लाका १० वटै स्थानीय तहमा प्रतिनिधि राखिएको छ । स्थानीय तहमा गठन गरिएको समितिका प्रतिनिधिले सम्बन्धित ठाउँका पीडितको घरआँगनमै पुगेर राहत रकम वितरण गर्दै आएको छन् । 

सहयोग कोषको हङकङ प्रतिनिधिमा खोटाङ सेवा समाज हङकङका पूर्वअध्यक्ष तेजप्रकाश राई रहनुभएको छ । जुनसुकै बेला आइपर्ने विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल उद्दार गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।

यसैबीच  ऐँसेलुखर्क गाउँपालिकाले अस्पताल निर्माणका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने पाँच दातालाई सम्मान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कको पछाडिपट्टि निर्माण हुने १५ शय्याको अस्पतालका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने दातालाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गरेकोे हो । 

अस्पताल निर्माणका लागि सात रोपनी आठ आना एक दाम जग्गा दिने वडा नं ३ का पर्शुराम राजभण्डारी, छ रोपनी १३ आना दुई दाम दुई पैसा जग्गा दिने रामकुमार कालीकोटे, पाँच रोपनी जग्गा दिने प्रभुनारायण राजभण्डारी, दुई रोपनी जग्गा दिने विष्णु राजभण्डारी र एक रोपनी १२ आना जग्गा दिने स्व गोविन्द राजभण्डारीकी पत्नी लक्ष्मी गिरी श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुबाट २३ रोपनी एक आना दुई दाम तीन पैसा जग्गा अस्पताललाई निःशुल्क प्राप्त भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । 

सङ्घीय सरकारको रु १८ करोड बजेटमा निर्माण हुने अस्पतालको प्रदेश नं १ का प्रदेशसभा सदस्य राजन राईले यसअघि नै शिलान्यास गरिसकेका छन्। दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने यसअघि नै अस्पताल निर्माणको काम शुरु गरिसकिएको जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x